Gaurishankar Post
कला र संस्कृति ब्रेकिंग

कालिबाबाबाट भीमेश्वर मन्दिरमा कोरा क्षमापुजाको तयारी

दोलखारविहिवार नेपाल आउनुभएका विश्व प्रसिद्ध हिन्दुधर्म गुुरु १००८ बाबा कालिदास कालिबाबा ले भदौ १ गते शनिवार दोलखा स्थित भीमेश्वर मन्दिमा विशेष पुजा गर्नुहुने भएको छ ।
नेपालमा जन्मनु भएपनि उहाँ भारतमा वस्दै आउनुभएको छ । नेपाल र भारतका राजनीतिक नेताहरुले उहाँलाई अत्यन्त धेरै सम्मान गर्दै आएका छन् ।
पशुपति क्षेत्र विकास कोषका सदस्य सचिव डा। मिलनकुमार थापाको विशेष निमन्त्रणामा नेपाल आउनुभएका हिन्दुधर्म गुुरु १००८ बाबा कालिदास ९कालिबाबा० ले शनिवार अपरान्ह्र भीमेश्वर मन्दिरमा विशेष कोरा क्षमापुजा गर्न लाग्नु भएको भीमेश्वर गुठि व्यवस्थापन समितिका अध्यक्ष भरत श्रेष्ठले बताउनु भयो ।
भीमेश्वर मन्दिरमा पसिना आएको थाहा पाएपछि हिन्दुधर्म गुुरु १००८ बाबा कालिदास ९कालिबाबा० ले शनिवार कोरा क्षमापुजा गर्न लाग्नुु भएको स्थानीय सामाजिक अभियन्ता प्रविण प्रधानले बताउनुु भयो ।
मुुलुकमा केही अनिष्ट हुुदा भीमेश्वरको शिलामा पसिना आउने जनविश्वास रहदै आएको छ । गत २०८१ साउन ५ गते शनिवार र साउन ९ गते बुधवार भीमेश्वरको शिलामा तीन पटक पसिना आएको थियो । शिलामा पसिना आएको थाहा पाएपछि हिन्दुधर्म गुुरु १००८ बाबा कालिदास ९कालिबाबा० ले विश्व शान्तिको कामना गर्दै कोरा क्षमापुजा गर्न लाग्नुभएको सामाजिक अभियन्ता प्रविण प्रधानले बताउनु भयो ।
कालिबाबासंग भारतिय जगतगुुरु, सन्तमहात्माहरु र बिशिष्ठ धार्मिक व्यक्तित्वहरु समेत दोलखा आउने प्रधानले बताउनुु भयो ।
हिन्दुधर्म गुुरु १००८ बाबा कालिदास ९कालिबाबा० ले शुुक्रवार काठमाडौँको पुशपति नाथ मन्दिर परिसरमा आयोजना भएको महायज्ञमा विशेष प्रवचन दिनु हुुने छ भने पशुुपति नाथमा विशेष पुजा समेत गर्नुहुुने जनाईएको छ ।

याे पढ्न छुटाउनु भयाे की ?

जिरीको कार्यक्रम सम्बोधन गर्न कांग्रेस केन्द्रिय सदस्य शिवाकोटी गृह जिल्ला दोलखामा

shyam khatiwada

चीनको खासा र केरुङसम्म पुग्ने सिण्डिकेट तोडिँदै, अन्य जिल्लाका व्यवसायीले पनि प्रवेश पाउने

shyam khatiwada

पुर्वसञ्चारमन्त्रीको गाउँ सुरी पुगेर काफ्लेले सोधे मोवाइलमा डाटा चल्दैन त पार्वत दाई ?

shyam khatiwada
Gaurishankar Post