Gaurishankar Post
ब्रेकिंग

दसैं देखि तलब खान नपाएका विगुका शिक्षकले भने काम गरेको पारिश्रमिक कहिले पाइन्छ सरकार


दोलखा १३ माघ..
चालु आर्थिक वर्षको दसैं देखी तलब भत्ता खान नपाएका दोलखाको विगु गाउँपालिकामा कार्यरत शिक्षकहरुले लामो समयदेखि तलब खान नपाएको भन्दै स्थानीय तहसँग पारिश्रमिक पाउँ भन्दै गुहार मागेका छन्

विगु गाउँपालिकाका सबै विद्यालयहरुमा कार्यरत सम्पुर्ण शिक्षकहरु आवद्ध पेशागत संघ संगठनका प्रमुख र शिक्षकहरुको छाता संगठन नेपाल शिक्ष्क महासंघको तर्फबाट काम गरेको पारिश्रमिक पाउँ सरकार भन्दै गाउँपालिकामा गुहार मागेका हुन् । आइतबार शिक्षकहरुका सबै पेशागत संगठनका प्रतिनिधि सहित शिक्षक महासंघका समेत पदाधिकारीहरुको संयुक्त टोलीले तत्काल काम गरेको पारिश्रमिक शिक्ष्क तथा कर्मचारीलाई उपलब्ध गराउनुपर्नेभन्दै ज्ञापनपत्र बुझाएका छन् ।
उनिहरुले उक्त ज्ञापनपत्रमा शिक्षा क्षेत्र सुधारका लागि विभिन्न मागहरु राखेका छन् । शिक्षकहरुले उल्लेखित मागहरु तोकिएको समयमा पुरा नभए भद्र आन्दोलनको चेतावनी समेत दिएका छन् । विज्ञप्तीमा नेपाल शिक्षक महासंघ विगुका सहअध्यक्ष महेश मल्ल , नेपाल शिक्षक संघका अध्यक्ष सुदिपकुमार खड्का,अखिल नेपाल शिक्षक संगठनका अध्यक्ष गणेश उप्रती र नेपाल राष्ट्रिय शिक्षक संगठनका अध्यक्ष दावापेम्बा शेर्पाले हस्ताक्षर गरेका छन् ।
शिक्षकहरुको ज्ञापनपत्र बुझ्दै गाउँपालिका अध्यक्ष सञ्जीव ओलीले सरकारले प्रमुख प्रशासकिय अधिकृत नपठाउँदा समस्या भएको बताएका छन् । विगु गाउँपालिकामा चार महिनादेखि प्रमुख प्रशासकिय अधिकृत नहुँदा अत्यावश्यक सेवा समेत ठप्प भएको छ ।

विगुमा लामो समयदेखि प्रमुख प्रशासकिय अधिकृत समेत ल्याउन नसकेको भन्दै गाउँपालिका नेतृत्वको चौतर्फी आलोचना हुन थालेको छ ।
कार्यालय प्रमुख नहुँदा गाउँपालिका अस्तव्यस्त बनेको छ ।

हेर्नुहोस शिक्षकहरुको विज्ञप्ती पुर्ण पाठ

याे पढ्न छुटाउनु भयाे की ?

यसकारण जिपछिरिङ लामालाई केन्द्रीय सदस्यमा भोट

shyam khatiwada

तामाकोसी पाँचौं जलविद्युत आयोजनामा चाइनीज कम्पनी सिनो हाइड्रोको गुण्डागर्दी

shyam khatiwada

दोलखाको विगुमा निउरो टिप्न गएका बाबु छोरालाई पहिरोले पुर्यो, छोराको मृत्यु बाबु अझै वेपत्ता

shyam khatiwada
Gaurishankar Post