Gaurishankar Post
ब्रेकिंग

दोलखाको विगुमा निउरो टिप्न गएका बाबु छोरालाई पहिरोले पुर्यो, छोराको मृत्यु बाबु अझै वेपत्ता


दोलखा २८ साउन
निउरो टिप्ने क्रममा माथिबाट आएको पहिरोले पुरिदा दोलखाको विगु गाउँपालिका वडा नम्बर ७ मा एक बालकको मृत्यु भएको छ भने एक जना बेपत्ता भएका छन् ।
दोलखाको उपल्लो उत्तरी क्षेत्रस्थित बिगु गाउँपालिका वडा नम्बर ७ मा निउरो टिप्न गएका बाबुछोरालाई पहिरोले पुरिदा १२ वर्षिया बालकको मृत्यु भएको र उनका बाबु वेपत्ता भएका हुन् । आइतबार दिउसो बेलुकीको तरकारीको जोहो गर्न निउरो खोज्न हिडेका बिगु गाउँपालिका–७, राखम गाउँका अन्दाजी ३५ वर्षिय निम्दोर्जे शेर्पा र उनका १२ बर्षिय छोरा पासाङ शेर्पालाई पहिरोले पुरेको थियो । लगातार वर्षात भैरहेको बेला प्लास्टिक ओढेर निउरो खोज्न हिडेका निम्दोर्जे र उनका छोरा पासाङ लाई सामान्य ठाडो खोलामा आएको भल सहितको पहिरोले बगाएको विगु गाउँपालिका ७ का वडाअध्यक्ष दलबहादुर श्रेष्ठले जानकारी दिए । बाबु छोरा पहिरोमा पुरिएर बेपत्ता भएपछि प्रहरी चौकी चिलंखा र जनप्रतिनिधिहरुको टोलीले खोजतलास गर्दा १२ वर्षया छोरा पासाङ शेर्पाको शव भने नजिकैको अम्बाटोल मुल खोलामा भेटिएको छ । वडाअध्यक्ष श्रेष्ठले निज बालकको शव प्रहरीको रोहबरमा विगुस्थित पुरानो गुम्बामा राखिएको जनाएका छन् ।
आईतवार निम्दोर्जे उनका छोरा पासाङ र अर्का एक युवा दिल बहादुर थामी तिनपाटे नजिकैको जंगलस्थित ठाडो खोलामा निउरो टिप्न गएका थिए । निउरो टिपिरहेका बेला अनयासै आएको भल सहितको पहिरोले निम्दोर्जे र उनका छोरा पासाङलाई बगाएको थियो । दिलबहादुर भने भागेर ज्यान बचाउन सफल भएका छन् । बेपत्ता भएका निम्दोर्जेको थोरै निउरो सहितको कालो झोला पहिरोले सोरिएकै ठाउमा भेटिएको र त्यसभन्दा केही तल एकथान गम्बुट भेटिएको थियो । बेपत्ता रहेका निम्दोर्जेको खोजीकार्यका लागि सोमबार विहानदेखी नै नेपाली शेनाको टोली खटाइने दोलखाका प्रमुख जिल्ला अधिकारी कोमल प्रसाद धमलाले जनाएका छन् ।
निम्दोर्जेका दुइवटा श्रीमती थिए । पहिलो श्रीमतीले दुई छोरा र एक छोरी जन्मिएपश्चात निम्दोर्जेलाई छोडेर अन्यत्रै गएको स्थानीय छिमेकीहरु बताउछन् । जेठी श्रीमती हिडेपछि निम्दोर्जेले पुन अर्को विवहा गरेका थिए । आइतबार त्यो घटना हुँदा अर्की श्रीमती समेत कामका शिलशिलामा काठ्माडौं गएकी थिइन । बुहारी हिडेपछि नाता नातिनीहरुको पालनपोषण गर्दै आएकी अन्दाजी ७० वर्षिया आमा कमिनी शेर्पा यो खबर सुनेर भावबिहोल छिन् । आर्थिक स्थिती समेत अत्यन्तै कमजोर भएका निम्दोर्जेको मृत्यु भएपछि ति साना साना बालबच्चा , श्रीमती र वृद्ध आमाको बिचल्ली भएको वडाअध्यक्ष श्रेष्ठले बताएका छन् । छिमेकी समेत रहेका कांग्रेस नेता आङनिमा शेर्पाले राज्य र अन्य सरोकारवाला निकायले आबश्यक सहयोग गर्न नसके यो परिवारले ठुलो बिचल्ली सामना गर्नुपर्ने भन्दै त्यसतर्फ गम्भिर हुन सबैलाई अनुरोध गरेका छन् ।

याे पढ्न छुटाउनु भयाे की ?

वडाअध्यक्ष काफ्लेद्धारा आफ्नो सुविधाको रकमले जेष्ठजनलाई न्यानो वितरण

shyam khatiwada

यसकारण जिपछिरिङ लामालाई केन्द्रीय सदस्यमा भोट

shyam khatiwada

संगठित हुँदै कांग्रेस निकट थामी समुदाय , काठमाडौंमा केन्द्रीय तदर्थ समिति गठन

shyam khatiwada
Gaurishankar Post