Gaurishankar Post
ब्रेकिंग राजनीति

दोलखाको गौरीशंकर गाउँपालिकाका ९ वटै वडामा मतदान सुरु , हालसम्म ८ सय २१ मत खस्यो


श्याम खतिवडा ,
दोलखा १६ मंसिर
,,,
स्थानीय तह उपनिर्वाचन अन्तर्गत दोलखाको गौरीशंकर गाउँपालिकामा उपाध्यक्ष पदको निर्वाचन ९ वटै वडामा मतदान सुरु भएको छ ।
जिल्ला निर्वाचन कार्यालय दोलखाका निमित्त जिल्ला निर्वाचन अधिकारी विशाल केसीका अनुसार विहान तोकिएको समय अर्थात ७ बजेबाटै ९ वटा वडाका १२ मतदान स्थलका २१ मतदान केन्द्रमा मतदान सुरु भएको हो ।
जिल्ला निर्वाचन कार्यालयका अनुसार विहान ८ ः ३० बजेसम्म सबै मतदान केन्द्रमा ८ सय २१ मत खसेको छ ।
२०७९ को स्थानीय तह निर्वाचनमा कांग्रेसको तर्फबाट गाउँपालिका उपाध्यक्ष पदमा निर्वाचित श्यामसुन्दर तामाङको हृदयघातका कारण गतवर्ष निधन भएपछि उक्त पदमा आज निर्वाचन हुन लागेको हो ।
गाउँपालिका उपाध्यक्ष पदका लागि हुन लागेको निर्वाचनमा ७ राजनीतिक दल र ९ जना स्वतन्त्र गरि १६ जना चुनावी प्रतिस्पर्धामा उभिएका छन् ।
उपनिर्वाचनमा नेपाली कांग्रेसले स्व। श्यामसुन्दर तामाङ्की श्रीमती पासदिकी तामाङलाई उम्मेदवार बनाएको छ भने नेकपा एमालेकी उमा मगर शेर्पा , माओवादी केन्द्रकी निमलेकी शेर्पा , रास्वपाकी गोमा श्रेष्ठ , नेकपा समाजबादीकी रबिना खड्का, राप्रपाकी मनकुमारी श्रेष्ठ र जनता समाजबादी पाटीका सपना कार्की चुनावी प्रतिस्पर्धामा छन् ।
त्यस्तै स्वतन्त्र उम्मेदवारको संख्या ९ जना रहेको जिल्ला निर्वाचन कार्यालय दोलखाले जनाएको छ ।
१५ हजार ७ सय १८ मतदाता रहेको गौरीशंकर गाउँपालिकामा मुख्य ३ दलबिचनै प्रतिस्पर्धा हुने देखिएको छ ।।

याे पढ्न छुटाउनु भयाे की ?

दोलखामा फिल्म सिटी निजी सार्वजनिक साझेदारी मोडेलमा निर्माण हुने

shyam khatiwada

श्रीमानको शोक बोकेर चुनावी मैदानमा उभिएकी छु,मतदाताले न्याय गर्नुहुन्छ भन्नेमा विस्वस्तछु पासदिकी तामाङ

shyam khatiwada

दोलखाका मुख्य दलले टुंग्याए उम्मेद्वार,यी हुन सिफारिसमा परेका नेता

shyam khatiwada
Gaurishankar Post