Gaurishankar Post
ब्रेकिंग मनोरञ्जन

दोलखामा फिल्म सिटी निजी सार्वजनिक साझेदारी मोडेलमा निर्माण हुने


श्याम खतिवडा
दोलखा १५ जेठ

सरकारले दोलखामा निर्माण गर्ने भनेको फिल्म सिटी निजी–सार्वजनिक साझेदारीमा निर्माण गर्ने भएको छ ।
जिल्लाको भिमेश्वर नगरपालिका ९ स्थित डाङडुङे डाँडामा निर्माण हुने फिल्म सिटी सरकारले निजी–सार्वजनिक साझेदारीमा निर्माण गर्ने भएको हो । आइतबार अर्थमन्त्री जनार्दन शर्माले सदनमा प्रस्तुत गरेको बजेट अनुसार आगामी आर्थिक वर्षमा फिल्म सिटी निर्माणको काम अगाडि बढ्ने उल्लेख गरे । शर्माले फिल्म तथा गीतसंगीतका सर्जकलाई सम्मान गर्ने पनि बजेट वक्तव्यमा उल्लेख छ । अघिल्ला सरकारका बजेटमा पनि दोलखामा फिल्म सिटी निर्माण गर्न सामान्य बजेट विनियोजन भएपनि यो पटक भने निजी–सार्वजनिक साझेदारीमा निर्माण गर्ने सरकारको घोषणाले दोखाबासीमा निकै उत्साह छाएको भीमेश्वर नगरपालिकाका मेयर इश्वर नारायण मानन्धरले बताए । चलचित्र नगरी निर्माण स्थल डाङडुङे डाँडा सम्म पुग्ने सडक कालोपत्रे भैसकेको छ भने ,सो ठाउँमा विद्युत र खानेपानी , प्रवेशद्धार लगाएतका संरचना निर्माण भैसकेको छन् ।
सरकार धन्यवादको पात्र हो – मदनदाश श्रेष्ठ अभियान्ता
डाङडुङे डाँडामा फिल्म सिटी निर्माण गर्ने अभियानका अभियान्ता एवं फिल्म सिटी निर्माण समन्वय समितिका संयोजक कलाकार मदनदाश श्रेष्ठले फिल्मी क्षेत्रको विकासका लागि वर्तमान सरकार धन्यवादको पात्र रहेको बताए । उनले विगतका सरकारको उपेक्षामा परेको फिल्म सिटी अब दोलखामा निर्माण हुनेमा विस्वस्त रहेको बताउदै फिल्मी क्षेत्रको विकासले सिंगो समाज विकास हुने जनाएका छन् ।

याे पढ्न छुटाउनु भयाे की ?

जिरीको कार्यक्रम सम्बोधन गर्न कांग्रेस केन्द्रिय सदस्य शिवाकोटी गृह जिल्ला दोलखामा

shyam khatiwada

सिंगटी खोलाको आइपिओ आबेदन गर्ने समय अब २ दिन मात्रै बाँकी

shyam khatiwada

देशैभर आंशिक रूपमा खुल्न थाले पसल : व्यवसायीले खोल्ने, प्रहरीले बन्द गराउने क्रम जारी

shyam khatiwada
Gaurishankar Post