Gaurishankar Post
अर्थ र बाणिज्य देश समाचार

माथिल्लो तामाकोसीको डिसेण्डर बेसिनमा पानी भर्न सुरु, दोलखा कांग्रेसको बिरोध


सरकारी टोलीद्धारा आयोजनाको अनुगमन

दोलखा १६ बैशाख
स्वदेसी लगानीमा निर्माणाधिन बहुचर्चित ४५६ मेगावार्टको माथिल्लो तामाकोसी जलविद्युत आयोजनाको डिसेण्डर बेसिन(बालुवा थिग्रयाउने पोखरी)मा पानी भर्न सुरु भएको छ ।
सुरुङमार्गको परिक्षणका लागि बिहिबार पुर्वनिर्धारित कार्यक्रम अनुसार डिसेण्डर बेसिनमा पानी भर्न सुरु गरिएको हो । विहिबार मध्यान्ह १२ बजे नेपाल सरकारका २ मन्त्रीसहित उच्चस्तरिय टोलीको उपस्थितिमा पोखरीको ढोका खुल्ला गरि पानी भर्न सुरु गरिएको छ । बेसीनमा पानी भर्न र आयोजनाको अनुगमन गर्न भन्दै नेपाल सरकारका भौतिक योजना तथा यातायात मन्त्री बसन्त नेम्वाङ र सुचना तथा सञ्चार प्रविधि मन्त्री पार्बत गुरुङ सहितको सरकारी टोली बिहिबार लामाबगर पुगेको थियो । दुई जना मन्त्रीद्धारा संयुक्त रुपमा बेसीनमा पानी पठाउने कामको सुरुवात भएको छ । सरकारी टोलीमा उर्जा सचिब देबेन्द्र कार्की , नेपाल विद्युत प्राधिकरणका कार्यकारी निर्देशक हितेन्द्रदेब शाक्य लगाएतको टोली हेलिकप्टरको प्रयोग गरि आयोजनास्थल पुगेको थियो । बेसीनमा पानी भरिन झण्डै एक साता लाग्ने त्यसपछि क्रमश बेसिनको पानी मुख्य सुरुङ मार्गमा पठाउने तयारी भएको माथिल्लो तामाकोसी आयोजनाले जनाएको छ ।
बेसिन भरिएपछि पेनस्टक र मुख्य सुरुङको परिक्षण हुने र त्यसपछि क्रमश आयोजनाको भुमिगत विद्युत गृहमा रहेका ६ वटा टर्वाइन र जेनेरेटरको परिक्षण गरिने विद्युत प्राधिकरणका कार्यकारी निर्देशक हितेन्द्रदेब शाक्यले बताउनुभयो । उहाँका अनुसार यि सबै परिक्षणहरु सम्पन्न गर्न झण्डै १ महिना समय लाग्नेछ ।
दोलखा कांग्रेसको बिरोध, सरकारको आलोचना
नागरिकलाई निशेधाज्ञा लगाएर घरभित्र थुन्दै महामारी नियन्त्रणमा लाग्नुपर्ने सरकार सामान्य डिसेण्डर बेसिनमा पानी पठाउन सरकारका मन्त्रीहरुले आयोजनालाई थप आर्थिक बोझ थप्नेगरि हेलिकप्टर चार्टर गरि आयोजनास्थल पुगेको भन्दै दोलखा कांग्रेसले बिरोध जनाएको छ । नेपाली कांग्रेस दोलखाका पाटीसचिब द्धय सन्तोष रिमाल र बालकृष्ण आचार्य(सुर्य)ले विज्ञप्ती जारी गर्दै विरोध जनाएका हुन् । सुरुमा ३५ अर्ब अनुमान गरिएको आयोजनामा वर्तमान सरकारकै रबैयाका कारण लागत बढेर ८० अर्ब नघाउनुमा वर्तमान सरकार र सत्ताधारी दलको नै मुख्य भुमिका रहेको दोलखा कांग्रेसको आरोप छ । कांग्रेसले कोभीड नियन्त्रणमा असफल भैसकेको सरकारका मन्त्रीहरुलाई पदिय उन्माद चढेको भन्दै त्यसको खुलेर प्रतिपात गरिने र आगामी संघर्षका कार्यक्रम समेत गरिने कांग्रेसको विज्ञप्तीमा उल्लेख छ ।
फोटो
माथिल्लो तामाकोसी जलविद्युत आयोजनाको बालुवा थिग्राउने पोखरीमा पानी पठाउने सुरुवात गर्दै भौतिक मन्त्री नेम्वाङ र सञ्चारमन्त्री गुरुङ ।

याे पढ्न छुटाउनु भयाे की ?

दोलखाको फस्कुमा बन्यो सुविधासम्पन्न स्वास्थ्य चौकी भवन

shyam khatiwada

तरुण विभागको केन्द्र र प्रदसे समितिमा दोलखाका ६ जना युवा नेताहरु मनोनित

shyam khatiwada

राप्रपा दोलखाको पत्रकार सम्मेलन मेलुङ् गाउँपालिका भ्रस्टाचारले ग्रस्त भएको आरोप

shyam khatiwada
Gaurishankar Post