Gaurishankar Post
नेपाल समाचार राजनीति

प्रदेशको लगानीमा दोलखाका ६ वटा सडक विस्तार हुँदै , सांसद चौलागाइ भन्छन सडक सहित सिंगो विकासमा खटिएका छौं


श्याम खतिवडा/गौरीशंकरपोष्ट
दोलखा १७ बैशाख

बागमती प्रदेश सरकारको लगानीमा दोलखाका आधा दर्जन सडक विस्तार हुने भएका छन् ।
पुर्वाधार विकास कार्यालय अन्तर्गत दोलखाका ६ वटा सडकहरु आगामी २ वर्षभित्र सम्पन्न हुनेगरि विस्तार हुने भएका हुन् । जिल्लाका मुख्य मुख्य मार्गहरु कुनै कालोपत्रे र कुनै स्तरोन्नती हुने भएपछि जिल्लाबासीहरुमा उत्साहा छाएको छ । दोलखाको मुख्य पर्यटकिय गन्तब्य कालिञ्चोक मन्दिर प्रबेश गर्ने सडकदेखि शैलुङ पुग्ने मार्ग समेत निर्माणको काम अघि बढेको सिन्धुपाल्चोकस्थित पुर्वाधार विकास कार्यालयले जनाएको छ । कार्यालयका प्रमुख डिभिजन इन्जिनियर राजु श्रेष्ठले गत आर्थिक वर्षमा काम सुरु भएका ३ वटा र चालु आर्थिक वर्षबाट सुरु गर्ने गरि ३ वटा सडक निर्माणको प्रकृया थालनी भएको जानकारी दिए । उनका अनुसार अघिल्ला वर्ष सुरु भएका ३ वटा सडकहरुमध्ये शैलुङ प्रबेश गर्ने मुडे बाघखोर कालापानी सडकमा कालोपत्रे गर्ने काम सुरु हुन लागेको छ भने सिद्धाको थान जुँगु झ्याँकु सडकमा स्तरोन्नतीको काम भैरहेको छ । त्यस्तै दोलखाको दक्षीणी क्षेत्रको मुख्य मार्ग सितली मेलुङ माने बुद्धचोक सडकपनी प्रदेशकै लगानीमा निर्माणाधिन छ ।
पुर्वाधार विकास कार्यालयका सुचना अधिकारी इन्जिनियर रबिन खातीले ३ वटै सडकको प्रगति सन्तोषजनक रहेको बताउदै तोकिएकै अवधिभीत्र सम्पन्न हुनेमा आफुहरु विस्वस्त रहेको जानकारी दिएका छन् । इन्जिनियर खातीले यसअघि दोलखाका ४ वटा सडक आयोजनाहरुको कालोपत्रे तथा स्तरोन्नती गर्ने काम सम्पन्न भैसकेको जनाएका छन् । लामोसाँघु जिरी सडकखण्डको मकैबारी खण्डबाट देउराली बजार हुँदै सुस्पा क्षेमावतीको पानीघाट सम्मको सडक विस्तार सम्पन्न भैसकेको छ । त्यस्तै जिल्लाको उत्तरी क्षेत्र अन्तर्गत सुरी मुलाबारी गुरुम्फी सडक र दक्षीणको जिरी ठोसे शिवालय सडक पनि कालोपत्रेकोे काम सम्पन्न भैसकेको कार्यालयले जनाएको छ । माली शैलुङ चेर्दुङ सुरी सडक समेत निर्माण पुरा भएको जनाइएको छ ।
चालु आर्थिक वर्ष ३ सडक निर्माण सुरु हुने
बागमती प्रदेशको लगानीमा चालु आर्थिक वर्ष भित्रै जिल्लाका ३ वटा मुख्य सडक विस्तारको प्रकृया सुरु भएको कार्यालयका डिभिजन प्रमुख राजु श्रेष्ठले सुनाए । उनका अनुसार कालिञ्चोक मन्दिर प्रवेश गर्ने देउराली कुरी खण्ड , वैतेश्वर र गौरीशंकर जोड्ने नाम्दु मार्बु क्षेत्रपा सडक र सिंगटी लादुक बुलुङ सडक निर्माणका लागि प्रकृया सुरु भैसकेको छ । श्रेष्ठले अबको केही समयभित्रै ठेक्का सम्झौता भएर यो आव भित्रै भौतिक काम सुरु हुनेगरि तयारी थालिएको जानकारी दिएका छन् ।
सबै सडक आयोजना बुहवर्षिय
पुर्वाधार विकास कार्यालय अन्तर्गत दोलखामा सञ्चालनमा रहेका ६ वटै सडक आयोजनाहरु बहुवर्षिय ठेक्का प्रणाली अन्तर्गत अघि बढाइएको छ । बागमती प्रदेशको भौतिक पुर्वाधार विकास मन्त्रालय अन्तर्गतको यातायात पुर्वाधार निर्देशनालयले एकै वर्ष पुरै बजेट व्यवस्थापनको कठिनाई हुने भन्दै कार्यविधि नै बनाएर बहुवर्षिय आयोजनाका रुपमा अघि बढाएको हो । आयोजना सम्पन्न नहुन्जेल क्रमागत रुपमा बजेट व्यवस्था गरि कार्य सम्पादन गर्ने तयारी मन्त्रालयको रहेको कार्यालयले जनाएको छ । तोकिएका सबै आयोजना सम्पन्न हुँदा झण्डै १ अर्ब बजेट खर्च हुने अनुमान गरिएको कार्यालय प्रमुख श्रेष्ठको भनाई छ ।
सडक सहित समग्र विकासमा खटिएका छौं ः सांसद चौलागाई
दोलखा प्रदेश सभा ख का सांसद पशुपति चौलागाइले सडकलाई पहिलो प्राथमिकता दिदै अघि बढेको र अन्य दर्जनौं विषयमा केन्द्रित रहेर आफुहरु जिल्लाको विकासमा खटिएको जानकारी दिए । सांसद चौलागाइले शिक्षा , स्वास्थ्य , खानेपानी ,कृषि, विज्ञान जस्ता क्षेत्रको विकासका निम्ती प्रदेश सरकारले दोलखामा उल्लेखनीय काम गरेको जनाएका छन् । कोल्ड स्टोर , विद्यालय नर्स कार्यक्रम , साइन्स पार्क , लिफ्ट इरिगेसन, पर्यटनसँग सम्बन्धि थुप्रै कामजस्ता दर्जनौं परियोजनाहरु सञ्चालनमा रहिरहेको जनाउदै सांसद चौलागाइले दोलखामा संघियता पछि आम नागरिकहरुमा प्रदेश सरकारको गर्भिलो अनुभुती दिलाउन सफल भैइएको जिकिर गरेका छन् ।
फोटो
१, प्रदेश सरकारको लगानीमा कालोपत्रे सम्पन्न भएको जिरी ठोसे शिवालय सडक
२, दोलखा प्रदेश ख का सांसद पशुपती चौलागाई ।

याे पढ्न छुटाउनु भयाे की ?

नेपाली कांग्रेस कालिञ्चोक गाउँपालिका उप सभापतिमा खतिवडाको उम्मेदवारी

shyam khatiwada

लोकतन्त्रको उपहास

shyam khatiwada

मोरिससका राजदुत हुनमानजीको नेपाल भ्रमण , ऐतिहाँसीक र महत्वपुर्ण

shyam khatiwada
Gaurishankar Post