Gaurishankar Post
नेपाल समाचार ब्रेकिंग

मोटरसाइकल र जिप ठोक्किँदा दोलखाको विगुका एक युवकको मृत्यु

सिन्धुलीमा मोटरसाइकल र जिप ठोक्किँदा दोलखाका एक युवकको मृत्यु भएको छ ।

जिल्लाको कमलामाई नगरपालिका वडा नम्बर ४ मा मोटरसाइकल र जिप ठोक्किँदा दोलखाको विगु गाउँपालिका वडा नम्बर ५ का १९ वर्षीय महेश भुजेलको मृत्यु भएको हो । दुर्घटनामा परी गम्भीर घाईते उनको जिल्ला अस्पताल सिन्धुलीमा उपचारको क्रममा मृत्यु भएको प्रहरीले जनाएको छ । उनी मोटरसाइकल चालक हुन् । मोटरसाइकलमा सवार मोरङको बेलका नगरपालिका कटारीका १८ वर्षीय खगेन्द्र तिमल्सिनाको सोही अस्पतालमा उपचार भइरहेको प्रहरीले जनाएको छ । चियाबारीबाट सिन्धुलीतर्फ जाँदै गरेको बा ३२ प ५१७१ नम्बरको मोटरसाइकल र विपरित दिशाबाट आउँदै गरेको भारतीय नम्बरको जिप हिजो बेलुकी आपसमा ठोक्किएर दुर्घटना भएको थियो । ठक्कर दिने जिपसहित चालकलाई प्रहरी चँैकी ढुङग्रेबासले नियन्त्रणमा लिएको छ ।

याे पढ्न छुटाउनु भयाे की ?

दोलखा वितरक संघको साधारणसभा भब्यताका साथ सकियो , ०८१ लाई दोलखा भ्रमण वर्ष मनाउन प्रस्ताब

shyam khatiwada

दोलखामा ९६ हजार भेडाबाख्रालाई पिपिआर खोप लगाइने

shyam khatiwada

ईन्जिनियर शसक्त हुनुपर्नेमा पौडेलेको जोड , बागमती प्रदेश सभापतिमा सघाउन आग्रह

shyam khatiwada
Gaurishankar Post