Gaurishankar Post
विश्व स्वास्थ्य

यूएईबाट हालसम्म १८ सय जना नेपाल फर्किए

यूएई । सरकारले विदेशमा अलपत्र नेपालीको उद्दार गर्न चार्टर उडान सुरु गरेदेखि यूएईबाट एक हजार ८ सय ८९ जना नेपाल फर्किएका छन् ।

जुन १९ देखि २७ तरिखसम्ममा करिब दुई हजार नेपाली नागरिक स्वदेश फर्किएको त्यहाँस्थित नेपाली दूतावासले जनाएको हो ।

यो अवधिमा ११ वटा चाटर्ड उडान भएको र थप उडानको क्रम जारी रहेको भनिएको छ ।

दूतावासले जारी गरेको विज्ञप्ति अनुसार लामो समय समस्याग्रस्त भएर नेपाल फर्किन चाहनेको संख्या उल्लेख्य छ ।

विज्ञप्तिमा भनिएको छ, ‘कतिपय स्वयम् दूतावासमा उपस्थित भएर आफ्ना समस्या राख्ने गर्नु भएको छ, यसरी आउने नेपालीलाई हामीले आवश्यक सहयोग उपलब्ध गराउनुका साथै यथार्थ सूचना र जानकारी उपलब्ध गराउने गरेका छौं ।’

नेपाल फर्किएका नागरिकलाई काठमाडौं, भक्तपुर र ललितपुरमा रहेका होल्डिङ सेन्टरमा राखेर व्यक्तिगत विवरण संकलन र सामान्य स्वास्थ्य जाँच गरिन्छ । त्यसपछि सम्बन्धित प्रदेशको क्वारेन्टिनमा १४ दिन राख्ने गरी पठाइने गरिएको छ ।

यूएईमै पीसीआर परीक्षण गरेर नेगेटिभ नतिजा आएको अवस्थामा भने होम क्वारेन्टिनमा बस्ने गरी पठाइने गरिएको छ ।

याे पढ्न छुटाउनु भयाे की ?

चिनिया कम्पनी अज एस्किलपियसले उपलब्ध गराएको सय थान हाइड्रोजन अक्सिजन जेनेरेटर सिपिसी मार्फत नेपाल भित्रीयो

shyam khatiwada

पिडितका घर घरमा राहत पुर्याँउदै जुँगुका युवा

shyam khatiwada

चरिकोटमा सुरु भयो निशुल्क थर्मल थेरापी सेवा , नगर प्रमुख मानन्धरद्धारा उद्घाटन

shyam khatiwada
Gaurishankar Post