Gaurishankar Post
वाग्मती स्थानीय समाचार स्वास्थ्य

लिखु तामाकोसी गाउँपालिकाका विद्यालयहरुलाई स्वास्थ्य सामाग्री सहयोग


निर्मला नेपाली
२३ असोज मन्थली

रामेछापको लिखु तामाकोसी गाउँपालिकाका विद्यालयहरुलाई कोभीड १९ को संक्रमण रोकथामका लागि स्वास्थ्य सामग्री वितरण गरिएको छ ।
रामेछापको स्थानीय संस्था सहयोग नेपालको पहलमा लिखु तामाकोसीका झण्डै आधा दर्जन विद्यालयहरुलाई स्वास्थ्य सामाग्री वितरण गरिएको हो । सहयोग नेपालको पहलमा सुन्दर खड्का भनिने भोजराजले आर्थिक सहयोग उपलब्ध गराएपछि ति विद्यालयहरुमा स्वास्थ्य सामाग्री वितरण गरिएको हो । खड्काले उपलब्ध गराएको सहयोगबाट १६ सय थान सर्जिकल माक्स , आबश्यक सेनिटाइजर र डिटोल साबुन वितरण गरिएको सहयोग नेपालले जनाएको छ । आबश्यक स्वास्थ्य सामाग्री बोकेर सहयोग नेपालको टोली लिखु तामाकोसी गाउँपालिकाका विद्यालय पुगेको थियो ।
प्रत्येक विद्यालयको अवस्था अवलोकन गर्दै विद्यार्थी तथा शिक्षकहरुमा कोभिड १९ को जोखिमबाट बच्न आवश्यक परामर्शहरु गर्दै सामाग्री हस्तान्तरण गरिएको सहयोग नेपालका पदाधिकारीहरुले जनाएका छन् । उनिहरुले विद्यालयका शिक्षक तथा विद्यार्थीहरुलाई कोभिड संक्रमणबाट जोगाउन विद्यालय व्यवस्थापन समितिका पदाधिकारीहरुलाई समेत उपस्थित गराएर ध्यानाकर्शण गरेका थिए ।उनिहरुले झट्टेश्वर , लालिगुराँस, बालज्योती , विर्षेश्वर लगाएतका विद्यदालयहरुमा स्वास्थ्यसामाग्री वितरण गरेको जनाएका छन् ।

याे पढ्न छुटाउनु भयाे की ?

विदेशबाट दैनिक २५ सय नेपालीको उद्धार गर्ने तयारी

sanjeet

तामाकोसी पाँचौं जलविद्युत आयोजनामा चाइनीज कम्पनी सिनो हाइड्रोको गुण्डागर्दी

shyam khatiwada

दोलखाको सिंगटीमा तरुण दलको मार्चपास , १ सय १ सदस्यीय पालिका समिति गठन

shyam khatiwada
Gaurishankar Post