Gaurishankar Post
ब्रेकिंग

विशाल ढुंगा खस्ने त्रासले दोलखाको सिंगटीस्थित खोलीखेम बजार शिल


श्याम खतिवडा
दोलखा ११ भदौ
दोलखाको उत्तरी क्षेत्रस्थित मुख्य व्यापारिक केन्द्र सिंगटी बजारस्थित खोलीखेम क्षेत्रमा बस्ती भन्दा माथिको विशाल ढुंगा खस्ने त्रास बढेपछि उक्त बजार क्षेत्र स्थानीय प्रशासनले शिल गरेको छ ।
जिल्लाको बिगु गाउँपालिका ४ सिंगटीको खोलिखेम बजार माथि भीरमा रहेको विशाल ढुंगा बस्तिमा खस्ने जोखिम उक्त क्षेत्रमा शिल गरिएको हो । ४ दिनदेखिको लगातारको बर्षातका कारण आसपासमा पहिरो झरेको र ढुंगा पनि क्रमश सर्दै गएकाले खोलीखेम वस्ती असुरक्षित भएको भन्दै प्रशासनले शिल गर्नुपरेको जनाएको छ । दोलखाका प्रमुख जिल्ला अधिकारी कोमल प्रसाद धमलाले उक्त विशाल ढुंगो क्रमश सर्दै गएकोले त्रास बढेका कारण खोलीखेम क्षेत्रमा मानिस हटाएर वस्ती शिल गरिएको जनाएका छन् ।
प्रजिअ धमलाले सम्भावित क्षतिलाई न्यूनिकरण गर्नकालागि खोलीखेम बजार शिल गरिएको जनाएका छन् । उनले आफु सहित जिल्लास्थित सुरक्षानिकायका प्रमुखहरुको टोलीले अनुगमन गरिएको र दुर्घटना भैहाले सम्भावित जोखिमलाइ न्युनिकरण गर्न खोजिएको जनाएका छन् ।
खोलिखेम बजार आसपासका घरपरिवारलाई कालिञ्चोक गाउँपालिका–३ स्थित बजार क्षेत्रमा सारिएको छ । त्रासमा रहेका २२ घरपरिवारलाई प्रहरीको रोहवरमा सुरक्षित स्थानमा सारिएको इलाका प्रहरी कार्यालय सिंगटीले जनाएको छ । ढुंगा खस्ने त्रास बढेपछि खोलीखेम हुँदै लादुक, वुलुङ, ओराङ तर्फ जाने सवारी साधनहरुलाई समेत रोक लगाइएको छ भने सिंगटी लादुक बुलुङ सडक सञ्चालनमा समेत रोक लगाइएको छ । बजार क्षेत्र भन्दा माथी सडक किनारमा रहेको ढुंगा खस्यो भने दर्जनौं घरहरुमा क्षती पुग्नका साथै सिंगटी खोलामा रहेको पक्की पुलमा समेत क्षती हुने स्थानीय प्रशासनले जनाएको छ ।

याे पढ्न छुटाउनु भयाे की ?

मुलुकमा प्रजातन्त्र कायम राख्न राप्रपाको नेतृत्व अपरिहार्य राणा

shyam khatiwada

भीमेश्वर ७ मा मोटरसाइकल दुर्घटना , एकको मृत्यु

shyam khatiwada

दोलखा प्रहरीलाई विपत प्रतिकार्यका लागि अत्याबश्यक सामाग्री सहयोग

shyam khatiwada
Gaurishankar Post