दोलखा २२ जेठ
नेपाली कांग्रेस दोलखाका नेता बर्मा लामाको पहलमा जापनस्थित गौरीशंकर बिजनेस ग्रुपले दोलखाको मेलुङ गाउँपालिकामा अत्याबश्यक स्वास्थ्य सामाग्री वितरण गरेको छ ।
नेता लामाले पहल गरेपछि जापानमा रहेको बिजनेस ग्रुपका प्रतिनिधि एवं कांग्रेस नेता शम्भु केसीको नेतृत्वमा अत्याबश्यक स्वास्थ्य समाग्री उपलब्ध भएपछि शुक्रबार एक समारोहका बिच हस्तान्तरण गरिएको छ ।
कार्यक्रममा बिपत समिति मार्फत मेलुङ स्वस्थ्य चौकी लाई ५ वटा आइस्युलेसन बेड र अक्सिजन शिलिन्डर ३ वटा र मेलुङ १ पवटीमा २ वटा आइस्युलेसन बेड र २ वटा अक्सिजन सिलिन्डर सहित, पि पि य ५ थान र सेनिटाइजर, केहि मास्क, लगाएतका स्वास्थ्य सामाग्री वितरण गरिएको मेलुङ गाउँपालिकाका प्रवक्ता हिरा थोकरले जानकारी दिए । डाडाखर्क स्वस्थ्य चौकीलाई २ थान बेड र १ थान अक्सिजन सिलिन्डर र वडा न ३ को स्वस्थ्य चौकीलाई २ थान बेड र भेडपु स्वस्थ्य चौकीलाई पनि २ थान बेड भोलि तिर वितरण गर्ने तयारी रहेको बिपत ब्यबस्थापन समितिका अध्यक्ष कुसुम लामाले जनाएका छन् ।
स्वास्थ्य सामाग्री हस्तान्तरणका लागि आयोजित समारोहका प्रमुख अतिथी समेत रहेका कांग्रेस नेता लामाले मेलुङको जनता बिरामी पर्दा चरिकोट ,काठमाडौ लैजानु नपरोस र मेलुङ भित्रै उपचार होस भनेर देश बिदेशमा बस्नु हुने साथिहरुसंग सहकार्य गरेको बताए ।
उनले भने सबै सहयोगि मनका धनी मित्रहरु तथा मेलुङ वडा न ६ को बिपत ब्यबस्थापन समितिलाइ धन्यबाद दिन चाहान्छु , कुनै पनि जटिल परिस्थिको सामना गरी मेलुङ बासीलाई अफ्ठ्यारोमा पर्न दिन्न भन्दै , यो विषम परिस्थितिमा अझै आबश्यक स्वस्थ्य सामग्रीहरु उपलब्ध गराउनु पर्ने छ, त्यस प्रक्रियाका लागि जनप्रतिनिधि, स्वस्थ्य प्रमुखहरु र बिपत बयाबस्थापन समितिसंग सल्लाह गरेर आवश्यक पर्ने सामग्रीहरु ल्याउने समेत प्रतिबद्धता गर्दछु । लामाले भने ।
गौरीशंकर बिजनेस ग्रुपले मेलुङमा मात्रै होइन कोरोना महामारी नियन्त्रणका लागि दोलखाका विभिन्न क्षेत्रहरुमा महत्वपुर्ण सहयोग गर्दै आइरहेको छ । बिजनेस ग्रुपले चरिकोट अस्पताल , सिंगटी अस्पताल , जिल्लास्थित जनपथ र शसस्त्र प्रहरीलाई आबश्यक स्वास्थ्य सामाग्री देखि दर्जनौं क्षेत्रमा काम गरेको छ । मेलुङ स्थायी घर भई हाल जापानमा रोजगारी गर्दै आएका शम्भु केसी देखि रतन लामा , महेन्द्र राउत , बालकृष्ण तिमल्सीना, बेद बहादुर खड्का , अयन बहादुर टन्डन , उदिप खड्का , रबिन्द्र थापा लगाएत दर्जनौं युवाहरु यो अभियानमा खटिएका छन् । महामारीको यस्तो समयमा आफ्नो गाँस काटेर गृह जिल्लाको स्वास्थ्य क्षेत्रको सुधारका लागि खटिने युवाहरुलाई दोलखाली नागरिकले सममान मात्रै होइन अभिनन्दन गरुन् । यो सञ्चार माध्यमको तर्फबाट समेत स्यालुट गर्न चाहान्छौं ।