Gaurishankar Post
ब्रेकिंग वाग्मती स्थानीय समाचार

कोरोना महामारीमा गजेन्द्र स्मृति बाबरेको एम्वुलेन्समा छुटको प्याकेज घोषणा


दोलखा २३ जेठ
कोरोना महामारीले सिंगो मुलुकनै ग्रस्त भएको बेला दोलखाको कालिञ्चोक गाउँपालिका २ बाबरेमा सञ्चालित गजेन्द्र स्मृति फाउण्डेसनको एम्बुलेन्समा छुटको प्याकेज घोषणा गरिएको छ ।
स्व. गजेन्द्र बहादुर श्रेष्ठको स्मृतिमा सञ्चालनमा ल्याइएको एम्बुलेन्समा कोरोना महामारीको यो विपत्तीमा नागरिकलाई सहज होस भन्दै छुटको प्याकेज घोषणा गरि कार्यान्वयनमा ल्याइएको हो । फाउण्डेसनका सचिब केदार प्रसाद खतिवडाद्धारा हस्ताक्षरित विज्ञप्तीमा ग्रामिण तहका स्थानीयहरुलाई लक्षित गरि थोरै भएपनि सहयोग गर्ने लक्ष्य अनुसार एम्बुलेन्स भाडामा छुटको प्याकेज ल्याइएको उल्लेख छ । फाउण्डेसनका अध्यक्ष ओम कुमार श्रेष्ठले समितिको बैठक बसी विपत व्यवस्थापनमा थोरै भएपनि राहत पुगोस भन्ने उद्देश्यले भाडामा छुट गरिएको बताए ।
फाउण्डेसनले सार्वजनिक गरेको भाडादर अन्तर्गत यसअघि बाबरेबाट काठमांडौ सम्मको ११ हजार लिदै आएकोमा यो महामारीमा भने २ हजार छुट गरि ९ हजार मात्र लिने उल्लेख छ । त्यस्तै बाबरेबाट चरिकोटका लागि ३ हजार ५ सय र बाबरेबाट सिंगटीका लागि भने १ हजार ८ सय कायम भएको विज्ञप्तीमा उल्लेख छ । अध्यक्ष श्रेष्ठले आफ्ना स्व. पिता गजेन्द्र बहादुर श्रेष्ठका नाममा एम्बुलेन्स खरिद गरि समुदायलाई उपलब्ध गराएका थिए ।उक्त एम्बुलेन्स यस अघि झण्डै एक महिना जिल्ला संकट व्यवस्थापन समितिले महामारी नियन्त्रणका लागि कोभिड डेडिकेटेड बनाई सदरमुकाम केन्द्रित गराएको थियो । कोभिड संक्रमितको संख्या कमी भएसँगै समितिले उक्त एम्बुलेन्स गाउँ फिर्ता गरिसकेको र केहीदिन देखि बाबरेबाटै धमाधम सेवा सुचारु भएको फाउण्डेसनले जनाएको छ ।

याे पढ्न छुटाउनु भयाे की ?

तामाकोसीको हकप्रद दोलखालीलाई डिम्याटको दायरा बढाउदै बिना झन्जट लगानी गराइने

shyam khatiwada

झन्डै ५ बर्ष कर्येकाल मा न्याय हेल्थ नेपाल दोलखा को सफलता

sanjeet

नेपालमा थप ६१ कोरोना संक्रमितको मृत्यु, ६२९५ संक्रमणमुक्त

shyam khatiwada
Gaurishankar Post