Gaurishankar Post
ब्रेकिंग राजनीति

कालिञ्चोक ७ मा मतदातालाई पैसा बाँड्दै गरेका एमालेका वडाअध्यक्ष उम्मेद्वार पक्राउ


नेकपा एमालेका तर्फबाट कालिञ्चोक ७ का वडाअध्यक्ष उम्मेद्वार भोलाराज बस्नेतलाई स्थानीयले नियन्त्रणमा लिई प्रहरीलाई बुझाएका छन् ।
उनले वडा नम्बर ७ स्थित सिमस्वाराका एक मतदातालाई ५ हजार नगद दिन खोज्दै गर्दा स्थानीयले समातेर प्रहरीलाई बुझाएका हुन् । उनको साथमा नगद १५ हजार रुपैंया समेत बरामद गरिएको जनाइएको छ । उनले पैसा दिएका मतदाताले पनि आफुलाई जबरजस्ती पैसा दिन खोजेको बयान निर्वाचन अधिकृतको कार्यालय कालिञ्चोक गाउँपालिकामा बयान दिएका छन् । विपक्षी दलहरुले भने निर्वाचन आचारसंहिता बिपरित मतदातालाई प्रभावित पार्न खोजेको अभियोगमा कारबाही गर्न माग गरिरहेका छन् । निर्वाचन आयोगका अनुसार अभियोग प्रमाणित भए निजको उम्मेद्वारी नै खारेज हुने जनाएको छ । कालिञ्चोक गाउँँपालिकाका निर्वाचन अधिकृत विजयराज बढुले सो विषयमा छलफल गरेपनि सहमति हुन नसकेपछि उक्त मुद्धा निर्वाचन आयोग पठाइएको जनाएका छन् । निर्वाचन आयोगमा रहेको अनुगमन समितिले आबश्यक छानबिन गरि कारबाही गर्ने बढुले सुनाए ।

याे पढ्न छुटाउनु भयाे की ?

कांग्रेसको गन्तब्य ताराबहादुर कोईराला

sanjeet

आयोजना प्रभावितहरुका लागि खुल्यो सिंगटी खोलाको आइपिओ

shyam khatiwada

जिसस खारेज गर्न सांसदहरुको माग

sanjeet
Gaurishankar Post