Gaurishankar Post
स्वास्थ्य

जुम्लाया बच्चाको सामान्य तरिकाले प्रसुती गराउन सफल

२८ चैत्र, दाेलखा

धुलिखेल अस्पताल, दोलखा अस्पतालले जटिल अवस्थामा रहेको जुम्लाया बच्चाको सामान्य तरिकाले सफल प्रसुती गराउन सफल भएको छ | भिमेश्वर नगरपालिकाको वडा न. ३ को ३२ वर्षको सरस्वती तामांगको पेटमा जुम्लाया बच्चा थियो र एउटा सामान्य र एउटा छड्के अवस्थामा बसेको थियो | सामुदायिक स्वास्थ्य कार्यकर्ताले घर भेट गर्दा राम्रो संग  सल्लाह सुझाव दिए अनुसार समयमा नै अस्पताल आएको र सम्पूर्ण चिकित्सा तयारी अबस्थामा भएको हुनाले  सामान्य तरिकाले प्रसुती गराउन सफल भएको अस्पतालले जनाएको छ |

गर्भमा एउटा बच्चा छड्के अवस्थामा बसेको बेलामा शल्यक्रिया  गर्नु पर्ने भए पनि  सबै कुरा तयारी अबस्थामा भएको हुनाले सामान्य तरिकाले प्रसुती गराउन सफल भएको जानकारी अस्पताल चिकित्सा प्रमुख डा. शैलेश श्रेष्ठले जानकारी दिनु भयो |  

हाल आमा र बच्चाहरु दुवै स्वस्थ छन् | अस्पतालले उक्त उपचार निशुल्क गरेको थियो | दोलखा अस्पतालले भिमेश्वर नगरपालिका संग साझेदारी गरि आमा सुरक्षा कार्यक्रम लागु गरेको छ | नेपाल सरकारको नियम अनुसार गर्भ जाँच गराए बापत आठ सय र स्वास्थ्य सस्थामा सुत्केरी गराए बापत यातायात खर्च तिन हजार रुपैया उपलब्ध गराउदै आएको जानकारी डा. श्रेष्ठले दिनु भयो |

यस उपचारमा दोलखा अस्पतालको चिकित्सा प्रमुख डा. शैलेश श्रेष्ठ, डा. विनिता संजेल, डा. अनिल श्रेष्ठ, नर्सिङ इन्चार्ज रोजिता के.सी. र सबिना सोनामको सहभागी थियो |

याे पढ्न छुटाउनु भयाे की ?

समाजसेवी उप्रेतीको पहलमा राप्रपा दोलखाद्धारा आठ थान अक्सिजन कन्सन्ट्रेटर वितरण

shyam khatiwada

लिखु तामाकोसी गाउँपालिकाका विद्यालयहरुलाई स्वास्थ्य सामाग्री सहयोग

shyam khatiwada

कोराना जित्न आत्मबल दर्विलो बनाउनु पर्छ- हेमराज रिमाल महासचिब दोउवा संघ

shyam khatiwada
Gaurishankar Post