Gaurishankar Post
नेपाल समाचार

च्छो–रोल्पा अस्पतालमा नियमति हाडजोर्नी विशेषज्ञ सेवा

च्छो–रोल्पा जनरल अस्पताल प्रा.लि चरिकोटले आजबाट हाडजोर्नी सम्वन्धि विशेषज्ञ सेवा थप गरेको छ
अर्थोपेडिक तथा ट्रमाटोलोजिष्ट डाक्टर शुरेस बहादुर थापाले आज देखि च्छो–रोल्पा जनरल अस्पताल प्रा.लिबाट नियमित सेवा दिन लाग्नु भएको मेडिकल डाईरेक्टर डाक्टर विनोदले जानकारी दिनु भयो । हाडजोर्नी भाँचिएको शल्यक्रिया,घुँडामा सुई लगाउने, भाँचिएको ठाउँमा राखिएको पाता वा तार निकाल्ने,मासु दुखेको,हात गोडा कटकट खाने,जोर्नी दुख्ने लगायत हाडजोर्नी सम्वन्धि सम्पूर्ण उपचार हाडजोर्नी विशेषज्ञ डाक्टरबाट गरिने डाक्टर दंगालको भनाई छ ।
सेवाग्राहीको आवश्यकतालाई मध्येनजर गर्दै दोलखामा अत्याधुनिक प्रविधिको मेडिकल उपकरण सहित विभिन्न रोगको थप विशेषज्ञ डाक्टरबाट अल्पकालिन वा पूर्णकालीननरुपमा सेवा दिने उदेश्य राखेको यस अस्पतालले निकट भविष्यमै फिजियोथेरापी सेवा विस्तार गर्ने जनाएको छ । दोलखा र आसपासको सेवाग्राहीको स्वास्थ्यमा सहज पहुँच पु¥याउनका लागि अस्पतालले यस अघि जिल्लामै पहिलो पटक ईन्डोस्कोपी सेवा प्रदान गर्दै आएको छ । आवश्यकताको पहिचानको आधारमा अन्य सुविधा थप गर्दै जाने अस्पतालले जनाएको छ ।

याे पढ्न छुटाउनु भयाे की ?

एमाले दोलखाको अध्यक्षमा श्रेष्ठ उपाध्यक्ष मानन्धर र सचिबमा थोकर विजयी

shyam khatiwada

राप्रपा बाबरेको अधिबेशन,केन्द्रिय सदस्य खतिवडाद्धारा उद्घाटन, अध्यक्षमा वाणसुर पाण्डे

shyam khatiwada

दोलखामा चप्पल पड्काउदै आएका कम्युनिष्ट नेता अरबपति जनता जहाँको त्याँही कांग्रेस नेता शिवाकोटी

shyam khatiwada
Gaurishankar Post