Gaurishankar Post
ब्रेकिंग स्थानीय समाचार

जेष्ठ नागरिकको भत्ता बोकेर घर घर पुगे गौरीशंकर ९ का अध्यक्ष शेर्पा

दोलखा १४ असार,,
वर्षातको समयमा वडा कार्यालय सम्म पुगेर सामाजिक सुरक्षा भत्ता लिन असहज भैरहेका जेष्ठ नागरिकलाई दोलखाको गौरीशंकर गाउँपालिका ९ का वडा अध्यक्ष ङिमगेली शेर्पाले घर घरमा पुगेर वितरण गरेका छन् ।
सडकको पहुँच नभएको गौरीशंकर ९ मा जेष्ठ नागरिकलाई असहज हुने भन्दै वडाअध्यक्ष शेर्पाले घर घरमा पुगेर भत्ता वितरण गरेका हुन् । युवा जोस भएका वडाअध्यक्ष शेर्पाले हिमालयन बैंकका कर्मचारीहरुको सहयोगमा सिमिगाउँ , टासीनाम लगाएतका गाउँमा रहेका सबै जेष्ठ नागरिकलाई भेटेर सामाजिक सुरक्षा भत्ता वितरण गरेका हुन् । उनका अनुसार वडाको बेदिङ र ना गाउँमा भने तत्काल पुग्न असहज भएको र अन्य सबै बस्तीका नागरिकहरुलाई सामाजिक सुरक्षा भत्ता बापतको रकम घरमै लगेर वितरण गर्ने जनाएका छन् । चालु आर्थिक वर्षको अन्तिम चौमासिक बापतको १६ हजार र अघिल्लो चौमासिकमा बाँकी रहेको २ महिनाको ८ हजार गरि वडाअध्यक्ष शेर्पाले एक जेष्ठ नागरिक बराबर २४ हजार नगद वितरण गरेको जानकारी दिए । घरमै सामाजिक सुरक्षा भत्ता बापतको रकम पाएपछी जेष्ठ नागरिकहरु निकै खुसी भएका छन् । हामी सँगको कुराकानीमा अध्यक्ष शेर्पाले आफ्नो कार्यकाल अवधिभर समुन्नत वडा निर्माण गर्न लागि पर्ने जनाएका छन् ।

याे पढ्न छुटाउनु भयाे की ?

कोरोना संक्रमित बढ्दै गएपछि दोलखामा निषेधाज्ञा घोषणा

shyam khatiwada

पत्रकार महासंघ बागमती प्रदेश समितिले सुरु गर्यो पत्रकारका लागि कोभिड व्यवस्थापन कोष

shyam khatiwada

दिपजंग सहकारीको साधारण सभा, अध्यक्षमा कर्ण थामी चयन

shyam khatiwada
Gaurishankar Post