Gaurishankar Post
ब्रेकिंग स्थानीय समाचार

जेष्ठ नागरिकको भत्ता बोकेर घर घर पुगे गौरीशंकर ९ का अध्यक्ष शेर्पा

दोलखा १४ असार,,
वर्षातको समयमा वडा कार्यालय सम्म पुगेर सामाजिक सुरक्षा भत्ता लिन असहज भैरहेका जेष्ठ नागरिकलाई दोलखाको गौरीशंकर गाउँपालिका ९ का वडा अध्यक्ष ङिमगेली शेर्पाले घर घरमा पुगेर वितरण गरेका छन् ।
सडकको पहुँच नभएको गौरीशंकर ९ मा जेष्ठ नागरिकलाई असहज हुने भन्दै वडाअध्यक्ष शेर्पाले घर घरमा पुगेर भत्ता वितरण गरेका हुन् । युवा जोस भएका वडाअध्यक्ष शेर्पाले हिमालयन बैंकका कर्मचारीहरुको सहयोगमा सिमिगाउँ , टासीनाम लगाएतका गाउँमा रहेका सबै जेष्ठ नागरिकलाई भेटेर सामाजिक सुरक्षा भत्ता वितरण गरेका हुन् । उनका अनुसार वडाको बेदिङ र ना गाउँमा भने तत्काल पुग्न असहज भएको र अन्य सबै बस्तीका नागरिकहरुलाई सामाजिक सुरक्षा भत्ता बापतको रकम घरमै लगेर वितरण गर्ने जनाएका छन् । चालु आर्थिक वर्षको अन्तिम चौमासिक बापतको १६ हजार र अघिल्लो चौमासिकमा बाँकी रहेको २ महिनाको ८ हजार गरि वडाअध्यक्ष शेर्पाले एक जेष्ठ नागरिक बराबर २४ हजार नगद वितरण गरेको जानकारी दिए । घरमै सामाजिक सुरक्षा भत्ता बापतको रकम पाएपछी जेष्ठ नागरिकहरु निकै खुसी भएका छन् । हामी सँगको कुराकानीमा अध्यक्ष शेर्पाले आफ्नो कार्यकाल अवधिभर समुन्नत वडा निर्माण गर्न लागि पर्ने जनाएका छन् ।

याे पढ्न छुटाउनु भयाे की ?

स्वास्थ्य बीमालाई प्रभावकारी बनाउन विद्यमान ऐनमा नै परिवर्तन गर्नुपर्छः मन्त्री पौडेल

shyam khatiwada

बाँकी काम पुरा गर्न मेरो उम्मेद्वारी हो , वैतेश्वरमा कांग्रेससँग कसैको प्रतिष्पर्धानै छैन- लामा

shyam khatiwada

शैलुङका जनप्रतिनिधिको ४० लाख पारिश्रमिक विपत तथा कोरोना कोषमा

shyam khatiwada
Gaurishankar Post