धेरैजसोको पुरानै कार्यक्रमलाई निरन्तरता
दोलखा १० असार
दोलखाका नौ वटा स्थानीय तहले आफ्नो नीति,कार्यक्रम सहित आगामी आर्थिक वर्षका लागि ४ अर्ब ४५ करोडको बजेट प्रस्तुत गरेका छन् ।
बिहिबार जिल्लाका सबै स्थानीय तहले आगामी आर्थिक वर्ष २०७८÷०७९को नीति तथा कार्यक्रम सहित ४ अर्ब ४५ करोड १८ लाख बराबरको बजेट सार्बजनिक गरेका छन् । केहीले स्वास्थ्य क्षेत्रलाई प्राथमिकता दिएपनि जिल्लाका अधिकांस स्थानीय तहहरुले भने पुरानै कार्यक्रमलाई निरन्तरता दिएका छन् । जिल्ला सदरमुकाममा रहेको भीमेश्वर नगरपालिकाले बिहिबार ८८ करोड ५९ लाख ५३ हजार ५ सय १८ रुपैंयाको बजेट प्रस्तुत गरेको छ । नगरले पर्यटन,स्वास्थ्य , कृषि ,पुर्वाधार लगाएतका आयोजनाहरुलाई प्राथमिकता दिएको उपमेयर कमला बस्नेतले बताएकी छन् । सबैभन्दा धेरै बजेट विनियोजन गर्ने भीमेश्वर जिल्लाकै पहिलो स्थानीय तह हो ।
त्यस्तै तामाकोसी गाउँपालिकाले ७० करोड ७४ लाख ६४ हजार ४३ रुपैंयाको बजेट प्रस्तुत गरेको छ भने कालिञ्चोक गाउँपालिकाले ६७ करोड ३२ लाख ४४ हजार ३ सय २८ रुपैंयाँको बजेट सार्वजनिक गरेको छ । सडक कालोपत्रे सहित शिक्षा स्वास्थ्य र कृषिलाई प्राथमिकता दिदै बैतेश्वर गाउँपालिकाले ४७ करोड ९१ लाख २८ हजार ७ सय २ रुपैंया बजेट प्रस्तुत गरेको गाउँपालिका अध्यक्ष छबि लामाले जानकारी दिए । त्यसै गरि जिरी नगरपालिकाले पर्यटन क्षेत्रलाई प्राथमिकता दिदै ६० करोड ५९ लाख ६ हजार रुपैंयाको बजेट प्रस्तुत गरेको प्रमुख प्रसाशकिय अधिकृत जगदिशचन्द्र शिवाकोटीले बताएका छन् ।
पुर्वाधार क्षेत्र लाई प्राथमिकता दिदै शैलुङ गाउँपालिकाले ५७ करोड ५६ लाख ७२ हजारको बजेट प्रस्तुत गरेको छ भने विगु गाउँपालिकाले ५० करोड ५८ लाख ४२ हजार २ सय ९१ रुपैंया बराबरको बजेट प्रस्तुत गरेको गाउँपालिका अध्यक्ष युधिष्ठिर खड्काले बताएका छन् । मेलुङ गाउँपालिकाले पनि ४८ करोड ५८ लाख ९३ हजार को बजेट सार्बजनिक गरेको छ भने गौरीशंकर गाउँपालिकाले ५१ करोड ४४ लाख ३८ हजार २ सय १२ रुपैंयाको बजेट प्रस्तुत गरेको गाउँपालिका अध्यक्ष युधिष्ठिर खड्काले बताएका छन् ।
स्थानीय तहहरुले संघिय सरकार प्रदेश सरकार बाट प्राप्त अनुदान , आन्तरिक राजश्व , वित्तिय समानिकरण, शसर्त र पुजिगत लगाएत सबै क्षेत्रको बजेट एकमुष्ट रुपमा प्रस्तुत गरेका छन् ।