Gaurishankar Post
नेपाल समाचार राजनीति

दोलखामा चप्पल पड्काउदै आएका कम्युनिष्ट नेता अरबपति जनता जहाँको त्याँही कांग्रेस नेता शिवाकोटी


दोलखा २३ माघ,,
नेपाली कांग्रेसका केन्द्रीय सदस्य एवं युवा नेता अजयबाबु शिवाकोटीले दोलखामा चप्पल पड्काउदै राजनीतिमा आएका कम्युनिष्ट नेता अरबौंपति हुँदा जनताको अवस्था भने जहाँको त्याँही भएको बताएका छन् ।
गृह जिल्ला दोलखाको जिरी नगरपालिकामा आयोजित एक कार्यक्रमलाई सम्बोधन गर्दै कांग्रेस केन्द्रीय सदस्य शिवाकोटीले यस्तो बताएका हुन् । उनले विगत ३० वर्षदेखि एकलौटी शासन गरिरहेको कम्युनिष्ट पाटीका अधिकांस नेताहरु राजनीतिमा संलग्न भए यता अरबौंपति भएर बिलासी जिवन बिताइरहँदा जनताको अवस्था भने जहाँको त्याँही हुनु दुखद भएको बताएका छन् । राजनीतिलाई सेवाको कर्म भएको पुष्टी गर्दै केन्द्रीय सदस्य शिवाकोटीले कम्युनिष्ट नेताहरु सोझा सिधा जनताको मत लिएर व्यक्तिगत स्वार्थमा लागेको आरोप लगाएका छन् । उनले चुनौति दिदै भने हिजो चप्पल पड्काउदै शहर छिरेर राजनीतिमा जोडिएका कम्युनिष्ट नेताहरुको सम्पत्ति हेर्ने हो भने कहालीलाग्दो छ , त्यो कहाँबाट प्राप्त भयो ? उनले पञ्चायतकाल पछि कम्युनिष्ट नेताको घिनलाग्दो व्यवहारले आम दोलखाली नागरिकहरु आजित भएको उल्लेख गर्दै दोलखामा कम्युनिष्ट पाटीको विकल्प खोज्न तमाम जिल्लाबासीहरुलाई आग्रह गरेका छन् । उनले भने पटक पटक नागरिकको मत कब्जा गरेको के नेताहरुको सम्पत्ति आर्जनका लागि मात्रै हो ? त्यसैले आम दोलखालीले गहिरो विष्लेशण गर्दै आगामी स्थानीय निर्वाचनमा नेपाली कांग्रेसलाई विजयी गराउनुको विकल्प नरहेको बताएका छन् ।
शुक्रबार जिरी पुगेका केन्द्रीय सदस्य शिवाकोटीले जिरी नगरमा भएको मनोपरि विरुद्ध खुलेर प्रतिपात गर्न आम कार्यकर्ताहरुलाई निर्देशन समेत दिएका छन् । उनले ऐतिहास्ीक महत्वको भन्दै भ्रस्टाचारको अखडा बनाउन खोजिएको मानवनिर्मित जिरी तालको डिपिआरमा गरिएको करौडौंको खर्च विवरण सार्वजनिक गर्न जिरी नगरपालिका कार्यालयलाई चुनौती समेत दिएका छन् । सोही कार्यक्रममा केन्द्रीय सदस्य शिवाकोटीले विभिन्न पाटी परित्याग गरि नेपाली कांग्रेसमा प्रवेश गर्ने ३ दर्जन भन्दा धेरै एमाले र माओबादीका नेता कार्यकर्ताहरुलाई कांग्रेसमा स्वागत गर्दै प्रवेश गराएका छन् । त्यसरी प्रवेश गर्नेहरुमा यस अघिको स्थानीय निर्वाचनमा जिरी नगरको वडा तथा नगरको निर्वाचनमा होमिएका उम्मेदवारहरु छन् । कार्यक्रममा नेपाली कांग्रेस दोलखाका प्रभावशाली नेता तारा कुमार खड्का , जिरी नगर सभापति शोनाम शेर्पा , लाक्पा शेर्पा , महिला नेत्री लिला जिरेल , आङपासाङ शेर्पा , विबेक कुमार खत्री ,सञ्जु शेर्पा लगाएतका नेताहरुले शुभकामना मन्तब्य व्यक्त गरेका थिए । मन्तब्यका क्रममा अधिकांस नेताहरुले एमालेले नेतृत्व गरिरहेको जिरी नगरपालिकामा अनियमितता र भ्रस्टाचारले जरो गाडेको जनाउदै आशन्न निर्वाचनमा कांग्रेसलाई मतदान गरि सिंगो नगरको विकास र समृद्धीमा सघाउन आम जिरीबासीलाई अनुरोध समेत गरेका छन् ।

याे पढ्न छुटाउनु भयाे की ?

दोलखामा ६० हजार ७ सय घरको पुनर्निर्माण , १८ अर्ब ४४ करोड खर्च

shyam khatiwada

कोविडको व्यबस्थापनमा चरिकोट अस्पतालको उत्क्रिस्ट प्रयाश

sanjeet

मोरिससका राजदुत हुनमानजीको नेपाल भ्रमण , ऐतिहाँसीक र महत्वपुर्ण

shyam khatiwada
Gaurishankar Post