Gaurishankar Post
ब्रेकिंग

दोलखा उद्योग वाणिज्य संघको अध्यक्षमा श्रेष्ठ सर्बसम्मत


श्याम खतिवडा
दोलखा २२ फागुन
,,,
दोलखा उद्योग बाणिज्य संघको अध्यक्षमा इन्द्र बहादुर श्रेष्ठ सर्बसम्मत चुनिएका छन् ।
संघको २३ औं वार्षिक साधारणसभा तथा १५ औं अधिवेशनले श्रेष्ठको अध्यक्षतामा १६ सदस्यीय नयाँ कार्यसमिति चयन गरेको हो । उद्योग बाणिज्य संघको विधानमा अधिवेशनबाट अध्यक्ष सहितका सदस्य चयन हुने र संघको पहिलो बैठकले पदाधिकारी तोक्ने व्यवस्था छ । जसअनुसार अधिवेशनले अध्यक्ष सहित १६ सदस्यीय कार्यसमिति चयन गरेको थियो ।
उद्योग बाणिज्य संघको कार्यसमितिमा प्रथम उपाध्यक्ष, द्धित्तिय उपाध्यक्ष, महासचिव, सचिव र कोषाध्यक्ष र बाँकी सदस्यहरु रहनेछन् । अधिवेशन सकिए लगत्तै बसेको उद्योग बाणिज्य संघको पहिलो बैठकले संघको प्रथम उपाध्यक्षमा दिनेश पाठक, महासचिवमा सुरेश उप्रेति, कोषाध्यक्षमा श्यामकृष्ण कायस्थ र बाँकी सदस्यहरु चयन गरेको छ । अझै द्धित्तिय उपाध्यक्ष, सचिव चयन हुन बाँकी छ । उद्योग बाणिज्य संघको आज बसेको पहिलो बैठकले प्रथम उपाध्यक्ष, महासचिव, कोषाध्यक्ष र सदस्यहरु मात्रै टुंग्याएको हो । जसअनुसार संघको सदस्यहरुमा विमल श्रेष्ठ, प्रविण श्रेष्ठ, नारायण बहादुर श्रेष्ठ, रामशरण बस्नेत, सुरेन्द्र उप्रेति, कल्पना श्रेष्ठ, अनिल रिजाल, हिमाल न्यौपाने, श्यामसुन्दर शिवाकोटी, वलराम थापा, राजन थापा, रामकुमार खड्का रहेका छन् ।

याे पढ्न छुटाउनु भयाे की ?

एमाले दोलखाको अध्यक्षमा श्रेष्ठ उपाध्यक्ष मानन्धर र सचिबमा थोकर विजयी

shyam khatiwada

तरुण दल दोलखाको कार्यबाहक अध्यक्षमा तामाङ

shyam khatiwada

कांग्रेसको शुवेच्छुक संस्था समन्वय बिभागको विज्ञ सदस्यमा दोलखाका नेता शिवाकोटी नियुक्त

shyam khatiwada
Gaurishankar Post