Gaurishankar Post
ब्रेकिंग

पेट्रोल सेवन गर्दा दोलखाको सुन्द्रावतीका एक बालकको मृत्यु

दोलखा ०८ चैत,,,
दोलखाको कालिञ्चोक गाउँपालिका ९ का एक नावालकको पेट्रोल सेवनबाट मृत्यु भएको छ ।
दोलखाको सिंगटी बजारमा व्यवसाय गर्दै आएका
कालिञ्चोक गाउँपालिका ९ सुन्द्रावतीका मुरारी सेढाईका २१ महिने छोरा सक्षम सेढाईको पेट्रोल सेवनबाट मृत्यु भएको हो ।
बुधबार विहान अन्दाजी १० बजे सेढाईको घरमा राखेकोे पेट्रोल बालकले सेवन गरेका थिए । बाबू मुरारी सेढाईले बाईकमा पेट्रोल हालेर पाइप सहित कोठामा राखिएको र बालकले त्यहीँबाट पेट्रोल सेवन गरेको परिवार स्रोतले जनाएको छ ।

पेट्रोल सेवनबाट बेहोस भएका ति बालकलाई सिंगटी अस्पतालमा सामान्य उपचारपछि थप उपचारका लागि धुलिखेल अस्पताल, दोलखा अस्पतालमा ल्याइएको थियो । उपचारका क्रममा बालकको मृत्यु भएको दोलखा प्रहरीले जनाएको छ । मृतक बालकको शव हाल अस्पतालमै राखिएको छ ।

याे पढ्न छुटाउनु भयाे की ?

बाबरेका क्यान्सर पिडित बालकलाई कालिञ्चोक सरोकार समाजको आर्थिक सहयोग

shyam khatiwada

दोलखाको विगुमा निउरो टिप्न गएका बाबु छोरालाई पहिरोले पुर्यो, छोराको मृत्यु बाबु अझै वेपत्ता

shyam khatiwada

लम्पी स्किनका कारण दोलखामा ६ सय ९६ पशु मरे, १९ हजार ६ सय पशुचौपायमा संक्रमण

shyam khatiwada
Gaurishankar Post