Gaurishankar Post
अर्थ र बाणिज्य नेपाल समाचार

प्राविधिक निरिक्षण गर्न माथिल्लो तामाकोसीको विद्युत एक साता बन्द हुने


श्याम खतिवडा
दोलखा ५ कात्तिक
,,
दोलखास्थित माथिल्लो तामाकोशी जलविद्युत आयोजनाको विद्युत एकसाता बन्द हुने भएको छ ।
आयोजनाको प्राविधिक निरिक्षण गर्न कात्तिक ८ गतेदेखि १५ गतेसम्म विद्युत उत्पादन बन्द हुने भएको हो । विद्युत प्राधिकरणले ४ सय ५६ मेगावाट क्षमताको माथिल्लो तामाकोशी जलविद्युत आयोजनाको उत्पादन युनिटहरु बन्द गरेर पहिलो पटक प्राविधिक निरिक्षण गर्न लागेको जनाएको छ । आयोजनाले शुक्रबार एक विज्ञप्ती जारी गदै एक साता विद्युत उत्पादन बन्द हुने जनाएको छ । लामाबगरस्थित आयोजनाको हेडवर्कस र मुख्य सुरुङको प्राविधिक निरिक्षणका लागि आयोजनाबाट विजुली उत्पादन बन्द गरीने आयोजनाले जनाएको छ ।
विज्ञप्तीमार्फत आयोजनाले कात्तिक ८ गतेदेखि १५ गतेसम्म जलाशयको पानी घटाउने क्रममा बाँधको तल्लो तटीय क्षेत्रमा करिव ११÷१२ घण्टा नदिको बहाव बढ्ने भएकाले सर्तकता अपनाउन पनि आग्रह गरेको छ । लामाबगर, छ्योतछ्योत, गोंगर, जगत, टुनिटार, भोर्ले, सिंगटी, नयाँ पुल, किर्ने, खिम्ति सहित सुनकोसी नदिको दोभानसम्म माछा मार्ने, नुहाउने, पौडी खेल्ने, नदि तर्ने, बस्तुभाउ लैजाने, बालुवा गिट्टी निकाल्ने, गाडी तार्ने जस्ता कार्यहरु नगर्न आयोजनाले आग्रह गरेको छ । यस्तै नदि किनारमा परम्परा अनुसार मृतकको दाहसंस्कार वा धार्मिक संस्कार गर्दा सर्तकतापुर्वक गर्नसमेत विज्ञप्तीमा उल्लेख छ । स्वदेशि लगानीमा निर्माण गरिएको माथिल्लो तामाकोशी जलविद्युत आयोजनाको ६ वटा युनिटबाट अहिले ४ सय ५६ मेगावाट विद्युत नै उत्पादन भइरहेको थियो ।

आयोजनाले २०७८ साल साउनदेखि नियमित विद्युत उत्पादन सुरु गरेको थियो भने २०७८ भदौ १० गतेबाट व्यवसायीक उत्पादन सुरु गरेको थियो । विद्युत उत्पादन सुरु भएको एक वर्षपछि आयोजनाले पहिलो पटक आयोजना निर्माणमा संलग्न विदेशी र स्वदेशी विज्ञहरुको संलग्नतामा निरिक्षण गर्न लागेको हो । टनेल र पाइपहरुमा कुनै क्षति पुगेको छ कि छैन भनेर आयोजनाले उपकरणभित्रको अनुगमन गर्न लागेकाले एकसाता आयोजना पूर्ण रुपमा बन्द हुने भएको हो ।

याे पढ्न छुटाउनु भयाे की ?

दोलखामा पहिलोपटक हाईअल्टिच्युड राष्ट्रिय रेस्लिङ्ग प्रतियोगिता हुने

shyam khatiwada

कालिञ्चोकको जंगलमा अबैध काठ काट्ने १३ जना विरुद्ध मुद्धा दर्ता

shyam khatiwada

आयुर्वेद चिकित्सालय दोलखामा मुख्यमन्त्री जनता स्वास्थ्य कार्यक्रमको बजेट अनियमितता

shyam khatiwada
Gaurishankar Post