Gaurishankar Post
वाग्मती शिक्षा समाचार सुचना प्रविधि

सुबिसुको क्लियर टिभिमा विद्यार्थीहरुलाई अनलाइन कक्षा

दोलखा ६ असार
कोरोना भाइरसका कारण मुलुक लकडाउन भएपछि शैक्षिक संस्थाहरुमा अध्ययनरथ लाखौं विद्यार्थीहरुको पठनपाठन रोकिएपछि सुबिसुको क्लियर टिभिले अनलाइन कक्षा सुरु गरेको छ । बन्दाबन्दीको सन्त्रासका कारण सिंगो मुलुक लकडाउन भइरहेको बेला शैक्षिक क्षेत्रमा पर्न गएको असर र बिद्यार्थि एवम अभिभावकहरू प्रति मध्यनजर गर्दै नेपालको एक अग्रणी केबल टेलिभिजन, इन्टरनेट र नेटवर्क सेवाप्रदायक कम्पनी सुबिसु ले यस बिषम परिस्थितिमा बिद्यार्थी बर्गहरुको पठन पाठनमा अबरोध नहोस् भनी क्लियर टिभी सेवामा ई–कक्षा प्रसारण सुरु गरेको हो ।
बिशेष गरी बिद्यार्थिहरूमाझ पर्न गएको अध्यापनको असरलाइ मध्यनजर गर्दै सो इन्टरनेट कम्पनीले यस्तो सेवा अघि बढाएको सुबिसुले जनाएको छ । उक्त सेवा क्लियर टिभीको २९३ नं च्यानलमा प्रसारित रहदै आएको चरिकोटस्थित सुबिसुकी ब्रान्च मेनेजर तुलसी मानन्धरले जानकारी दिइन् । उनका अनुसार कक्षा ४ देखि १० सम्मका बिद्यार्थीलाई यस्तो समयमा उपयोगीमुलक शैक्षिक सेवा दिनका निम्ति डियर वाल्क इन्स्टिच्युट अफ टेक्नोलोजीले तयार पारेको शैक्षिक सामाग्राीलाई समाबेश गरी च्यानलको प्रसारण सुरु गरिएको हो ।

विज्ञान, समाजिक शिक्षा, अंग्रेजी, गणित र नेपालीको पाठ्यक्रम समावेश गरिएको यस ई–कक्षा सोमबारदेखि शुक्रबारसम्म बिहानको ११ बजेदेखि सुरु हुनेछ । बिद्यार्थीबर्गका निम्ति यो कार्यक्रम निकै नै लाभदायक रहने विश्वास लिइएको छ । थप जानकारी ग्राहकबर्गहरुले क्लियर टिभीको २९३ नं च्यानलमा प्राप्त गर्न मेनेजर मानन्धरले आग्रह गरेकी छन् ।

याे पढ्न छुटाउनु भयाे की ?

शैलुङका जनप्रतिनिधिको ४० लाख पारिश्रमिक विपत तथा कोरोना कोषमा

shyam khatiwada

डाटा चोरी गरेको आरोपमा गुगलविरुद्ध ५९ खर्बको मुद्दा दायर

shyam khatiwada

सिन्धुपाल्चोक बस दुर्घटना(अपडेट) मृतक ३ जनाको पहिचान खुल्यो

shyam khatiwada
Gaurishankar Post