Gaurishankar Post
ब्रेकिंग

कालिञ्चोकका जेष्ठ जनलाई कांग्रेस विपत व्यवस्थापन समितिको दसै राहत


दोलखा २४ असोज,,,
दोलखाको कालिञ्चोक गाउँपालिका १ साबिक कालिञ्चोक गाविसका २ सय ४० जना जेष्ठ नागरिकहरुलाई नेपाली कांग्रेस दोलखाको विपत व्यवस्थापन समितिले दसंै राहत वितरण गरेको छ । ंं
सोमबार विपत व्यवस्थापन समितिका संयोजक प्रभुराम श्रेष्ठले उपलब्ध गराएको राहत सामाग्री सहित कालिञ्चोकका विभिन्न बस्तीमा पुगेर जेष्ठ नागरिकहरुलाई दसैंका लागि आबश्यक पर्ने खाद्यान्न लगाएतका सामाग्री वितरण गरिएको हो । सरकारले बैंकीङ प्रकृयाबाट मात्र सामाजिक सुरक्षा भत्ता उपलब्ध गराउने निर्णय गरेपछि दसैंमा खालि हात बस्न बाद्य भएका कालिञ्चोकका बृद्ध बा आमाहरुको समस्यालाई मध्यनजर गरि राहत सामाग्री वितरण गरिएको नेपाली कांग्रेस दोलखाका निवर्तमान सचिब बालकृष्ण आचार्यले जानकारी दिए । सोमबार जेष्ठ नागरिकलाई राहत सामाग्री वितरणका लागि आयोजित कार्यक्रममा प्रमुख अतिथीको भुमिकामा रहेका निवर्तमान सचिब आचार्यले नेपाली कांग्रेस हरेक नागरिकको दुख र अप्ठ्यारोमा सारथी भएको बताएका छन् । कालिञ्चोकका २ सय ४० जना जेष्ठ नागरिकलाई प्रतिब्यक्ति १५ केजी चामल , एक केजी नुन , खानेतेल लगाएतका सामाग्रीहरु वितरण गरिएको हो । कार्यक्रममा कालिञ्चोक निबासी नेपाली कांग्रेसका प्रदेश महाधिबेशन प्रतिनिधि डम्बर बहादुर तामाङ रामले आफ्नो गृह गाउँका जेष्ठ जनहरुलाई दसैंमा थोरै भएपनि राहतको अनुभुती दिलाउनका लागि आफुहरुकै पहलमा राहत सामाग्री वितरण गरिएको जनाएका छन् । तामाङले कालिञ्चोकबासीका हरेक अप्ठ्यारोहरुलाई कांग्रेसले आफ्नो समस्या सम्झेर समाधानका लागि पहल गर्ने जनाएका छन् । कार्यक्रममा नेपाली कांग्रेस दोलखाका निवर्तमान जिल्ला सचिब बालकृष्ण आचार्य , कांग्रेसका प्रदेश महाधिबेशन प्रतिनिधि डम्बर बहादुर तामाङ , कांग्रेस नेता एवं वडा अध्यक्ष बाबुलाल थामी, स्थानी युवा बसन्त थामी लगाएतका नेताहरुले विपत व्यवस्थापन समितिप्रति आभार ब्यक्त गर्दै कालिञ्चोक बासीलाई दसैंको शुभकामना दिएका थिए ।
नेपाली कांग्रेस दोलखाको १४ औं जिल्ला अधिबेशनमा खुल्लातर्फको केन्द्रिय महाधिबेशन प्रतिनिधि पदमा विजय भएलगत्तै कांग्रेस नेता प्रभुराम श्रेष्ठले आफु नेतृत्वको समिति मार्फत समाजसेवाको कामलाई थप प्रभाबकारी ढंगले अघि बढाएका हुन् ।। उनी सहित अर्का महाधिबेशन प्रतिनिधि कुमार अधिकारी समेत यो अभियानमा संलग्न छन् । नेपाली कांग्रेसको विपत व्यवस्थापन समितिले जिल्लामा संयौको संख्यामा बिरामी तथा आपत विपतमा परेकाहरुलाई नगद सहयोग गर्दै आएको छ ।

याे पढ्न छुटाउनु भयाे की ?

दसैं देखि तलब खान नपाएका विगुका शिक्षकले भने काम गरेको पारिश्रमिक कहिले पाइन्छ सरकार

shyam khatiwada

वैतेश्वर जग्गा प्रकरण , छानविन समितिले गर्यो प्रतिबेदन सार्वजनिक

shyam khatiwada

सरोकार समाजद्धारा कालिञ्चोक गाउँपालिकाका सबै स्वास्थ्य संस्थाहरुलाई स्वास्थ्य सामाग्री सहयोग

shyam khatiwada
Gaurishankar Post