Gaurishankar Post
समाचार

टुंगियो कालिञ्चोक गाउँपालिकाको स्थायी केन्द्र, वडा नम्बर ४ को कुभिण्डेमा राख्ने निर्णय

दोलखाको कालिञ्चोक गाउँपालिकाको केन्द्र कुभिण्डेमा रहनेगरी निर्णय भएको छ । गाउँपालिकाको सोमवार बसेको १२ औं गाउँसभाले वडा नम्बर ४ अन्तर्गत पर्ने दोलखा–सिंगटी सडकसँग जोडिएको कुभिण्डेमा राख्ने निर्णय पारित गरेको हो ।

अध्यक्ष अर्जुन प्रसाद शिवाकोटीले गाउँसभामा निर्णयार्थ पेश गरेको प्रस्तावको पक्षमा अध्यक्षसहित ३२ र विपक्षमा ९ जनाले मतदान गरेका थिए । सभामा अध्यक्ष शिवाकोटीले गाउँपालिकाको केन्द्र कुभिन्डेमा राख्ने प्रस्ताव सभाको दुई तिहाईले पारित गरेको घोषणा गरे । 

कालिञ्चोक गाउँपालिकाको स्थायी केन्द्रबारे विगत लामो समयदेखि बिवाद हुँदै आएको थियो । अघिल्लो कार्यकालमा वडा नम्बर ५ स्थित बन्देथलीमा केन्द्र लैजाने भन्दै सर्बसाधरणको नीजि जग्गा गाउँपालिकाको स्वामित्वमा ल्याईएको थियो । 
गाउँपालिकाको कामकाज हाल सुनखानी स्थित अस्थायी कार्यालयबाट संचालन हुँदै आएको छ । 

याे पढ्न छुटाउनु भयाे की ?

कोरोना पोजेटिभ देखिएका दोलखाका एक वृद्धको काठमाडौंमा मृत्यु

shyam khatiwada

प्रेमसम्बन्धकै कारण दोलखामा प्रेमिकाका आफन्तद्धारा घाँटी रेटेर युवकको हत्या

shyam khatiwada

माथिल्लो तामाकोसीबारे प्रधान्मन्त्रीज्युले बुझ्नै पर्ने विषय

shyam khatiwada
Gaurishankar Post