Gaurishankar Post
ब्रेकिंग

दोलखा समाज जापानको अध्यक्षमा रोशन थापा

दोलखा समाज जापानको चौथो अधिबेशनबाट रोशन थापाको अध्यक्षतामा नयाँ कार्य समिति चयन भएको छ ।

जापानको टोकियोमा भएको चौथो अधिवेशनले दोलखाको भिमेश्वर नगरपालिका स्थायी भएका थापाको अध्यक्षतामा १९ सदस्यीय नयाँ कार्यसमिति चयन गरेको हो । थापा यसअघि दोलखा समाज जापानको महासचिव थिए । यस्तै, समितिको उपाध्यक्षमा महेन्द्र राउत र श्री खड्का, महासचिवमा नारायण खड्का र सचिवमा विनय गुरुङ चयन भएका छन् । कोषाध्यक्षमा मनोज श्रेष्ठ निर्वाचित भएका छन् ।

यसैगरी, सदस्यहरुमा अरुण श्रेष्ठ, अनुप खड्का कैलाश बमजम तामाङ, कुमार खड्का, दिपेन्द्र कार्की, बसन्त तामांग, सरोज बस्नेत, गोपी कार्की, पार्शुक पोखरेल, बिष्णु खड्का, दिपक खड्का र पासांग शेर्पा तथा पदेन सदस्यमा अन्जान बस्नेत चयन भएका छन् ।

याे पढ्न छुटाउनु भयाे की ?

कांग्रेसको सय दिने अभियान , सिंगटीमा भब्य सभा, ७६ जना कांग्रेसमा प्रवेश

shyam khatiwada

समाजसेवी उप्रेतीको पहलमा राप्रपा दोलखाद्धारा आठ थान अक्सिजन कन्सन्ट्रेटर वितरण

shyam khatiwada

वैतेश्वर जग्गा प्रकरण , छानविन समितिले गर्यो प्रतिबेदन सार्वजनिक

shyam khatiwada
Gaurishankar Post