Gaurishankar Post
समाचार

च्छोरोल्पा अस्पतालमा वाल शल्यक्रिया शिविर,९ जनाको शल्यक्रिया


श्याम खतिवडा
दोलखा १४ चैत

च्छो–रोल्पा जनरल अस्पताल प्रा.लि चरिकोटमा चैत्र ८ गते देखि शुरु भएको वाल शल्यक्रिया शिविर शिविर सकिएको छ ।
१६ वर्षभन्दा मुनिका झण्डै २ हजार बालबालिकाहरु सहभागी भएको शिबिरमा ९ जनाको शल्यक्रिया गरिएको हो ।
च्छो–रोल्पा अस्पतालको आयोजना तथा वेलायती संस्था ज्भबतिज एबचतलभचकजष्उ ल्भउब ि९ज्एल्० को प्राविधिक सहयोग र कान्ति बाल अस्पताको सहकार्यमा गरिएको शल्यक्रिया शिविरमा १६ बर्ष भन्दा मुनिका ९ जना बालवालिले शल्यक्रिया सेवा लिएका छन् । न्यून शूल्कमा गरिएको शल्यक्रिया शिविरमा हर्नियाको समस्या भएको ४ जना,हाड्रोसिल ३ जना, अन डिसेन्डेड टेष्टिज २ जनाको गरी ९ जनाको शल्यक्रिया गरिएको हो । शल्यक्रिया शिविरको लागि दोलखा सरदरमुकाम चरिकोट स्थित कालिञ्चोक माध्यमिक विद्यालय,द राईजिङ ईङलिस बोर्डिङ स्कुल,एपेक्स ईङलिस बोर्डिङ स्कुल, ,हिमालय क्राउन एकेडेमी, त्रिपुरा ग्लोरियस बोर्डिङ स्कुल ,भीनपा–५ स्थित आँकुरा ईङलिस बोर्डिङ स्कुल लगातयका विद्यालयमा करिव २ हजार जनामा गरिएको छनौट शिविरमा १५ जना बालवालिकामा शल्यक्रिया सम्वन्धि समस्या देखिएको थियो । समस्या देखिएका १५ जना बालवालिका मध्ये ९ जना बालवालिकाले शल्यक्रिया सेवा लिएको च्छोरोल्पा अस्पतालकी प्रशासन प्रमुख शर्मिला बुढाथोकीले जानकारी दिइन् ।
शल्यक्रिया शिविरमा कान्ति बाल अस्पतालका वाल शल्यक्रिया विशेषज्ञ डाक्टर सुलोचना दाहाल, च्छोरोल्पा अस्पतालका मेडिकल निर्देशक डा. विनोद दंगाल ,वेलायतको बालरोग विशेषज्ञ लगायतको सहभागिता रहेको थियो । शिविरले शल्यक्रिया सम्वन्धि समस्या भएका बालबालिकालाई सहज र न्यून शूल्कमा विशेषज्ञ उपचार सेवा दिन सक्नु जिल्ला कै लागि राम्रो सुविधा भएको सरोकारवालाहरुले बताएका छन् । आगामी दिनमा समेत वाल स्वास्थ्यको लागि मध्येनजर गर्दै कान्ति अस्पतालको विज्ञ डाक्टसंगको सहकार्यमा शिविर तथा उपचार सेवा प्रदान गर्ने अस्पतालका पृथ्वी बहादुर श्रेष्ठले जानकारी दिएका छन् ।

याे पढ्न छुटाउनु भयाे की ?

देशैभर आंशिक रूपमा खुल्न थाले पसल : व्यवसायीले खोल्ने, प्रहरीले बन्द गराउने क्रम जारी

shyam khatiwada

नेता जिपछिरिङ जसको सहयोगले दोलखामा २ चरणको कोरोना सहजै पार भयो

shyam khatiwada

कालिञ्चोक खतिवडा सेवासमाजको प्रथम साधारण सभा, रेबन्तीको नेतृत्वमा नयाँ कार्यसमिति

shyam khatiwada
Gaurishankar Post