Gaurishankar Post
वाग्मती समाचार

मनकारी बिमल थापा जसले विपतको समयमा बाबरे स्वास्थ्य चौकीलाई गरे औषधी सहयोग


दोलखा १४ जेठ
कालिञ्चोक गाउँपालिका २ बाबरस्थित लप्सीबोटे निबासी मान बहादुर भनिने बिमल थापाले कोरोना महामारीको समयमा आफ्नो गृह गाउँ बाबरेको स्वास्थ्य चौकीलाई अत्याबश्यक औषधी खरिद गरि उपलब्ध गराएका छन् ।
कोभिडको समयमा गृह गाउँमा औषधी कमी भएको जानकारी प्राप्त भएपछि आफुले व्यक्तिगत लगानीमा औषधी उपलब्ध गराएका हुन् । उनले स्वास्थ्य चौकीमा अत्याबश्यक औषधी कालिञ्चोक गाउँपालिकाको स्वास्थ्य शाखासँग समन्वय गरि उपलब्ध गराएको जानकारी दिएका छन् । उनका अनुसार स्वास्थ्य चौकी बाबरेलाई औषधी उपलब्ध गराउदा लगभग १५ हजार रुपैया खर्च भएको छ । थापाले स्वास्थ्य चौकीमा आबश्यक परे थप सहयोग समेत गर्ने प्रतिबद्धता जनाएका छन् । उनि हाल राजधानी काठमाण्डौमा पेशा व्यवसाय सञ्चालन गरेर बसिरहेका छन् । उनि हाल कालिञ्चोक सरोकार समाजक नाम गैरसरकारी संस्थामा आबद्ध रहि सेवामुलक काममा खटिएका छन् ।

याे पढ्न छुटाउनु भयाे की ?

चरिकोटमा सुरु भयो निशुल्क थर्मल थेरापी सेवा , नगर प्रमुख मानन्धरद्धारा उद्घाटन

shyam khatiwada

राप्रपा दोलखाको पत्रकार सम्मेलन मेलुङ् गाउँपालिका भ्रस्टाचारले ग्रस्त भएको आरोप

shyam khatiwada

वैतेश्वरका किसानलाई ७० प्रतिशत अनुदानमा ६५ थान मौरी घार वितरण

shyam khatiwada
Gaurishankar Post