Gaurishankar Post
ब्रेकिंग वाग्मती

दोलखाली पत्रकारको आइसुलेसनमा गौरीशंकर बिजनेस ग्रुप जापानको सहयोग


दोलखा ३ जेठ
कोरोना महामारीबाट संक्रमित हुने दोलखाका पत्रकारलाई लक्षित गरि निर्माण गरिएको आइसुलेसन कक्षका लागि गौरीशंकर विजनेस ग्रुप जापानले सहयोग गरेको छ ।
नेपाल पत्रकार महासंघ जिल्ला शाखा दोलखाले स्थापना गरेको आइसुलेसन कक्षमा गौरीशंकर बिजनेस ग्रुप जापानले ५ थान फाइबर टिम्बा सिरक सहयोग गरेको हो । दोलखा स्थायी ठेगाना भई रोजगारीको सिलसिलामा जापान पुगेका दोलखालीहरु द्धारा गठित गौरीशंकर बिजनेस ग्रुपले जिल्लामा कोरोना महामारी नियन्त्रणका लागि अन्य थुप्रै सहयोगका प्याकेजहरु समेत बनाएको ग्रुपले जनाएको छ । रतन लामाको नेतृत्वमा रहेको ग्रुपमा शम्भु केसी , महेन्द्र बहादुर राउत , बालकृष्ण तिमल्सीना लगाएत अन्य थुप्रै दोलखालीहरु संलग्न छन् ।
बिजनेस ग्रुपले उपलब्ध गराएको टिम्बा फाइबर सिरक सोमबार नेपाल पत्रकार महासंघका केन्द्रिय सदस्य रमेश खतिवडाले महासंघका जिल्ला सचिब दिल बहादुर केसीलाई हस्तान्तरण गरेका थिए । सिरक हस्तान्तरण गर्दै केन्द्रिय सदस्य खतिवडाले यस्तो महामारीको बेलामा जिल्लाका पत्रकारहरुलाई सहयोग गरेको भन्दै बिजनेस ग्रुप र त्यसमा आबद्ध सबै दोलखाली तथा अन्य सहयोगीहरुप्रति आभार व्यक्त गरेका छन् । बिजनेस ग्रुपले केही दिन भित्रै जिल्ला संकट व्यवस्थापन समिति दोलखालाई अक्सिजन सहित केही स्वास्थ्य सामाग्री सहयोग गर्न लागेको ग्रुपका उपाध्यक्ष एवं दोलखाली युवा शम्भु केसीले जानकारी दिएका छन् । सिरक बुझदै पत्रकार महासंघ दोलखाका सचिब दिल बहादुर केसीले बिजनेस ग्रुपलाई धन्यबाद ज्ञापन गर्दै सो सामाग्री पत्रकार महासंघ दोलखालाई उपलब्ध गराउन पहल कदमी गर्ने नेपाल पत्रकार महासंघ बागमती प्रदेस समिति सदस्य श्याम खतिवडा र दोलखाका पत्रकार रबिन्द्र गौतमलाई समेत आभार व्यक्त गरेका छन् ।

याे पढ्न छुटाउनु भयाे की ?

योगदान राष्ट्रका लागि र बोधिसत्व विहारद्धारा दोलखामा ६५ लाख बराबरको स्वास्थ्य सामाग्री सहयोग

shyam khatiwada

हिमाल हाइड्रोका कारण दोलखाका ५ बस्तीमा खानेपानीको हाहाकार

shyam khatiwada

कोभिडका कारण कालिञ्चोक गाउँपालिकामा पहिलो पटक ज्यान गुमाउनेको परिवारलाई नगद सहयोग

shyam khatiwada
Gaurishankar Post