Gaurishankar Post
वाग्मती समाचार

मनकारी बिमल थापा जसले विपतको समयमा बाबरे स्वास्थ्य चौकीलाई गरे औषधी सहयोग


दोलखा १४ जेठ
कालिञ्चोक गाउँपालिका २ बाबरस्थित लप्सीबोटे निबासी मान बहादुर भनिने बिमल थापाले कोरोना महामारीको समयमा आफ्नो गृह गाउँ बाबरेको स्वास्थ्य चौकीलाई अत्याबश्यक औषधी खरिद गरि उपलब्ध गराएका छन् ।
कोभिडको समयमा गृह गाउँमा औषधी कमी भएको जानकारी प्राप्त भएपछि आफुले व्यक्तिगत लगानीमा औषधी उपलब्ध गराएका हुन् । उनले स्वास्थ्य चौकीमा अत्याबश्यक औषधी कालिञ्चोक गाउँपालिकाको स्वास्थ्य शाखासँग समन्वय गरि उपलब्ध गराएको जानकारी दिएका छन् । उनका अनुसार स्वास्थ्य चौकी बाबरेलाई औषधी उपलब्ध गराउदा लगभग १५ हजार रुपैया खर्च भएको छ । थापाले स्वास्थ्य चौकीमा आबश्यक परे थप सहयोग समेत गर्ने प्रतिबद्धता जनाएका छन् । उनि हाल राजधानी काठमाण्डौमा पेशा व्यवसाय सञ्चालन गरेर बसिरहेका छन् । उनि हाल कालिञ्चोक सरोकार समाजक नाम गैरसरकारी संस्थामा आबद्ध रहि सेवामुलक काममा खटिएका छन् ।

याे पढ्न छुटाउनु भयाे की ?

मेलुङ गाउँपालिकाको करिडोर सडक , ७ किलोमिटर ट्रयाग खन्न १ करोड

shyam khatiwada

हुलाकी राजमार्गमा पुल निर्माण हुने भएपछि स्थानीयहरुमा खुसियाली

shyam khatiwada

नेपालमा थप ६१ कोरोना संक्रमितको मृत्यु, ६२९५ संक्रमणमुक्त

shyam khatiwada
Gaurishankar Post